दक्षिण अफ्रिकामा रक्सी प्रतिबन्ध



जोहान्नेसवर्ग,(एजेन्सी)

दक्षिण अफ्रिकाले कोरोना भाइरस महामारी फैलिनबाट रोक्ने उद्देश्यले रक्सी बिक्री वितरण माथको प्रतिवनध लगायत नयाँ नीति नियमहरु सार्वजनिक गरेको छ । राति कफ्र्यु जारी गरिनुका साथै घर बाहिर निस्कँदा मास्क अनिवार्य बनाइएको छ ।

राष्ट्रपति सिरिल रामाफोसाले राष्ट्रिय स्वास्थ स्याहार प्रणालीको दवावको कारण यस वर्षमै दोश्रो पटक रक्सी माथि प्रतिवन्ध लगाइएको जानकारी दिएका छन् । दक्षिण अफ्रिकामा कोभिड १९ संक्रमितको संख्या २ लाख ५० हजार नाघिसकेको छ ।

मृतकको संखया पनि ४ हजार नाघिसकेको छ भने वर्षको अन्त्य सम्ममा यो संख्या ५० हजार नाघ्ने अनुमान गरिएको छ । महादेशकै दक्षिण अफ्रिका कोरोना भाइरसबाट सबैभन्दा प्रभावित मुलुक भएको छ । झण्डै पचास प्रतिशत संक्रमित गाउटेंग प्रान्तका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्