क्यानाडाको आम चुनावमा ट्रुडो बहुमतबाट चुके



टोरोन्टो (एजेन्सी)।

क्यानाडाको आम चुनावमा प्रधानमन्त्री जस्टिन ट्रुडोको लिबरल पार्टीले सबैभन्दा धेरै सिट जित्न सफल भएको छ। यद्यपी बहुमत हासिल गर्न भने असमर्थ भएको छ।सबैभन्दा धेरै सिट जितेकोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र बेलायती प्रधानमन्त्री बोरिस जोनसनले ट्रुडोलाई बधाई दिएका छन्।

कडा प्रतिस्पर्धा रहेको यस पटकको चुनावमा लिबरर पार्टीले १ सय ५७ सिटमा जित हासिल गर्ने सम्भावना राखेको छ । जुन बहुमतका आंकडाभन्दा २० सिटले कम हो। यस परिस्थितिमा आफनो दोस्रो कार्यकालमा कानुन पारित गर्न ट्रुडोले कठिनाईको सामना गर्नु पर्नेछ।

लिबरल पार्टीले प्राप्त गरेको ३३ प्रतिशत मतको तुलनामा कन्जरर्भेटिव पार्टीलाई धेरै अर्थात ३४ दशमलव ४ प्रतिशत मत हासिल गरेको छ। तर पनि कन्जरर्भेटिव पार्टी सिट संख्याको मामिलामा पछाडी परेको छ।

विपक्षी कन्जरर्भेटिव पार्टीले १२१ सिट हासिल गरेको छ। विगत चुनावमा यस पार्टीले ९५ सिट हासिल गरेको थियो। क्यानाडामा यो पटक करिब ६६ प्रतिशत मतदान भयो। बामपन्थी झुकाव रहेको न्यु डेमोक्र्याटिक पार्टी (एनडीपी)को सीट कम भएको छ।

यद्यपी यसका नेता भारतिय मुलका सिख जगमित सिंहले सरकार गठनमा किंगमेकरको भुमिका निभाउन सक्नेछ। ३३८ सीट रहेको संसदमा एनडीपीले २४ सिट हासिल गरेको छ।

जगमित सिंहले भने– अब एक अल्पमतको सरकार हुने कुरामा ट्रुडोले सम्मान गर्छ भन्ने मैले अपेक्षा गरेको छु। यसको अर्थ हामीले अब मिलेर काम गर्नु पर्नेछ।

चुनावमा ७ दशमलव ७ प्रतिशत मत हासिल गरेको क्युबेक ब्लकले ३२ सिट हासिल गरेको छ भने ग्रीन पार्टीले ३ सिट हासिल गरेको छ। चुनावमा जगमितको एडीपीले १५ दशमलव ९ प्रतिशत मत हासिल गरेको छ।

प्रतिक्रिया दिनुहोस्