जोनसनले लाएको ब्रेक्जिट विधेयक संसदद्वारा अस्विकार



लन्डन (एजेन्सी)।

बेलायतका सांसदले ब्रेक्जिट विधेयकलाई ३ दिन भित्र समिक्षा गर्ने प्रधानमन्त्री बोसिस जोनसनको प्रस्तावलाई खारेज गरेका छन्। प्रतिनिधि सभा हाउस अफ कमन्समा सांसदले पहिलो ब्रक्जिट विधेयकलाई समर्थन गरेका छन् तर त्यसको समीक्षाका लािग दिएको समय कम भएकोमा उनीहरुले विरोधमा भोट दिए।

यसअघि प्रधानमन्त्री जोनसनले यदी सांसद ब्रेक्जिट योजना अस्विकार गर्छ र युरोपेली संघ ब्रेक्जिटका लागि तय ३१ अक्टोबरको डेडलाइन पछाडी ढकेल्छ भने अर्को चुनाव गराउन सकिने चेतावनी दिएका थिए।

मंगलबार सांसदहरुले पहिलो चरणको मतदानमा ब्रक्जिट विधेयकको समर्थन गरेका थिए। यसको पक्षमा ३ सय २९ र विरोधमा २ सय ९९ मत खसेको थियो। तर केही समयपछि अर्को चरणमा यसको समिक्षाका लागि दिएको कम समयको विधेयकलाई सांसदहरुले ३ सय ८ को विपक्षमा ३ सय २२ मतले अस्विकार गरे।

मतदानपछि जोनसनले युरोपेली संघले आफनो मनसाय प्रष्ट नपारेसम्म आफुले उक्त विधेयकलाई रोकेर राख्ने बताए। यसबीच युरोपेली आयोगका प्रवक्राले भने– आयोगले आज राती भएको मतदान नतिजालाई हेरेको छ र बेलायत सरकार आफनो भावी कदमका बारेमा उनीहरुलाई बताउने छ भन्ने अपेक्षा गरिएको छ।

सांसदहरुले यस सहमतिलाई अझ पछाडी ढकेल्न भोट दिएकोमा आफु अत्यन्त निरास भएको जोनसनले बताए। ‘आजको नतिजाले बेलायतमा अस्थिरता बढाउनेछ ‘ जोनसनले बताए। आफ्नो निति अहिले पनि यस महिनाको अन्त्यसम्ममा ब्रक्जिट होस भन्ने नै रहेको उनले थपे। जोनसनले भने– कुनै न कुनै तरिकाबाट हामी यो सम्झौतासँगै युरोपेली संघ छोड्नु पर्नेछ।

जसमा हाउसले आफनो सहमति दिएको छ।जोनसनले आफनो दुर्भाग्य आफैले लेखेको लेबोर पार्टीका नेता जेरेमी कोर्बिनले प्रतिक्रियामा बताए। संसदमा ब्रेक्जिटको समिक्षाका लागि पर्याप्त समय दिन्छ भने आफु त्यसमा छलफलका लागि तयार रहेको उनले प्रस्ताव राखेका छन्।

बोरिस जोनसनको गत हप्ता युरोपेली संघका नेताहरुसँग नयाँ योजनामा सहमति बनेको थियो। तर यो सहमति भए पनि नभएपनि अक्टोबरको अन्त्यसम्म युरोपेली संघबाट अलग हुने कुरा उनले दोहोर्याइरहेका थिए।

प्रतिक्रिया दिनुहोस्