न्युयोर्क र सिडनीबिच क्वान्टासको सिधा उडान



सिडनी , (एजेन्सी)।अष्ट्रेलियाली वायु सेवा निकाय क्वान्टासले सबैभन्दा लामो दूरीको नन स्टप अर्थात सिधा व्यावसायिक यात्रु उडानको सफल परिक्षण गरेको छ। यस्तो उडानमा पायलट , यात्रु र चालकदललाई के कस्ता असर पर्दछन् भन्ने अनुसनधान गर्न यो उडान गरिएको क्वान्टासले आइतवार जनाएको छ।

कूल ४९ जना मानिस सवार बोइँग ७८७ –९ ले १९ घन्टा १६ मिनेट लामो अमेरिकाको न्युयोर्क देखि अष्ट्रेलियाको सिडनी सम्मको १६ हजार २ सय किमि लामो दूरी तय गरेको थियो। आइतवार विहान यो विमान सिडनीको विमानस्थलमा अवतरण भएको थियो।

क्वान्टासले आगामी महिना लन्डन देखि सिडनी सम्मको सिधा उडान परिक्षण गर्ने योजना बनाएको छ। यि पक्षिणपछि क्वान्टासले सन् २०१९ को उत्तरार्ध देखि ति गन्तव्यमा उडान गर्नेबारे निर्णय गर्ने अनुमान गरिएको छ। यदि यो योजना सुचारु भएको खण्डमा सन् २०२२ वा २०२३ देखि सेवा संचालनमा ल्याइने बताइएको छ।

अन्तर्राष्ट्रिय समाचार निकाय रोयटर्सका अनुसार अहिले समम पूर्ण रूपमा यात्रु र सामान बोकेर यति लामो दूरमा सिधा व्यावसायिक उडान नभएको जनाएको छ।

विमानमा बिचबाटोमा इन्धन भर्न नपर्ने गरी क्वान्टासले अत्यधिक परिमाणमा विमानमा तेल राखेको तथा बिना कार्गो यात्रुको सामान्य निश्चित सामान मात्र राखेर उडान गरेको बुझिएको छ।

यात्रुहरुले बोर्डिीग पछि आफ्नो घडीमा सिडनीको समय मिलाएका थिए। जेटल्याग घटाउन पूर्वी अष्ट्रेलियामा रात नपरुन्जेल तिनीहरुलाई निँदाउन नदिन त्यसरी समय मिलाइएको थियो। त्यसको छ घन्टापछि तिनीहरुलाई उच्च कार्वोहाइड्रेट युक्त खाना ख्वाएर निँदाउने माहोल बनाउन प्रकाश मधुरो पारिएको थियो।

विमान भित्र पायलटको मस्तिष्क तरँग , मेलाटोनिन स्तर र चनाखोपना अनुगमन लगायत यात्रुहरुको व्यायाम कक्षा तथा थुप्रै अन्तर्राष्ट्रिय समय क्षेत्र पार गर्दा तिनीहरुका शरिरमा देखिएका असरको विश्लेषण गरिएको थियो। गत वर्ष सिंगापुर एयरलायन्सले झण्डै १९ घन्टा लामो सिंगापुर देखि न्युयोर्क सम्मको सिधा उडान गरेको थियो।

लामो दूरीको यात्रामा जेटल्याग अर्थात लेक लागे जस्तै विमान लाग्ने खतरा कम गर्न क्वान्टासले दुई वटा अस्ट्रेलियाली विश्वविद्यालयसँग मिलेर अध्ययन गरिरहेको छ। त्यसैगरी क्वान्टासले गत वर्ष अस्ट्रेलियाको पर्थबाट लन्डनको सिधा उडान शुरू गरेको थियो। यो उडान करिब १७ घण्टाको रहेको थियो।

प्रतिक्रिया दिनुहोस्