फ्याक्ट्रीमा लागेको आगोमा परी १९ जनाको मृत्यु


हाङझोउ । चीनको पूर्वी क्षेत्रस्थित झेजिआन प्रान्तको निङ्बो शहरमा एक फ्याक्ट्रीमा लागेको आगोमा परी कम्तीमा १९ जनाको मृत्यु भएको स्थानीय अधिकारीले सोमबार जानकारी गराएका छन् ।

निङ्हाई जिल्लाको उक्त शहरमा रहेको आधारभूत आवश्यकताका सामग्रीहरू उत्पादन गर्ने उक्त फ्याक्ट्रीमा आइतबार दिउसो १ः२० मा आगलागी भएको हो ।
आगलागीका कारण केही ब्यक्ति घाइते भएका र सोमबार विहानसम्म १९ जनाको मृत्यु भएको पुष्टि स्थानीय प्रशासनले गरेको छ । आगलागीको कारणबारे अनुसन्धान जारी रहेकोले थप जानकारी पछि आउने प्रशासनले जनाएको छ ।
रासस/सिन्ह्वा

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।