लण्डनको प्रहरी कार्यालयमा दैनिक ५० ओटा घृणाजन्य अपराधिक घटना दर्ता


लण्डन । बेलायतको राजधानी लण्डनको प्रहरी कार्यालयमा दैनिक ५० ओटा घृणाजन्य अपराधिक घटना दर्ता हुनेगरेका छन् ।

सन् २०१८ भरीमा १९ सय घटना दर्ता भएको सोमबार सार्वजनिक भएको एक तथ्याङ्कमा उल्लेख गरिएको छ । सन् २०११ देखि यस्ता घटना बढ्दै गएको पाइएको छ ।

“लण्डन एसेम्ब्ली पोलिस एण्ड क्राईम कमिटि” ले यस्तो विवरण सार्वजनिक गरेको हो ।

लण्डनका मेयरले यस्ता घटना नियन्त्रण गर्न काम गर्नु पर्नेमा कमिटिले जोड दिएको छ ।

सन् २०११ देखि अहिलेसम्ममा ८१ प्रतिशत भन्दा बढी यस्ता अपराध बढेको प्रतिवेदनमा उल्लेख गरिएको हो ।
रासस/सिन्ह्वा

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।