फिलिपिन्समा एअर एम्बुलेन्स दुर्घटना,, चालकदलका सदस्यसहित नौ जनाको मृत्यु



काठमाण्डौँ । फिलिपिन्समा एउटा एअर एम्बुलेन्स दुर्घटना भएको छ ।आइतबार दिउँसो फिलिपिन्समा भएको विमान दुर्घटनामा सबै यात्रुको ज्यान गएको फिलिपिनी प्रहरीले पुष्टि गरेको छ ।

प्रहरीका अनुसार दुई चालकदलका सदस्यसहित नौ जना सवार विमान दुर्घटना हुँदा सबै जनाको ज्यान गएको हो ।

विमान दिउसो ३ बजे पान्सोलस्थित एक निजी रिसोर्टमा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।

आइतबार फिलिपिन्सको पर्यटकीय क्षेत्रमा भएको विमान दुर्घटनाका कारण निस्केको आगोको मुस्लोका कारण सयौँ स्थानीय भागाभाग भएको भिडियो स्थानीय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्