आतङ्ककारीविरुद्ध सुरक्षा कारबाहीमा ६ सर्वसाधारण मुक्त


अफगानिस्तान । अफगानिस्तानको घाज्नी प्रान्तको गेरो जिल्लामा लु्केर बसेका तालिबान आतङ्ककारीविरुद्ध बिशेष सुरक्षाबलले गरेको कराबाहीको क्रममा छ जना सर्वसाधारण मुक्त भएका छन् ।
ती सर्वसाधारण बिहीबार तालिबानको कब्जाबाट मुक्त भएका सेनाले शुक्रबार जारी बिज्ञप्तिामा जानकारी दिएको छ ।

गेरो जिल्लाको दुर्गम क्षेत्रमा भएको यस विशेष सुरक्षा का्रबाहीमा सुरक्षा बलतर्फ भने कुनै हताहत नभएको र तालिबानको कब्जामा रहेका छ व्यक्ति मुक्त गराउनु सुरक्षाबल सफल भएको जनाइएको छ ।
यस कारबाहीको विषयमा तालिवान आतंकवादीहरूले कुनै टिप्पणी गरेका छैनन्।

यसभन्दा अघि अफगान विशेष सुरक्षाबलले गत सोमबार अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको इमाम साहिब जिल्लामा तालिबान लडाकूविरुद्ध भएको कारबाहीका १५ व्यक्ति मुक्त भएका थिए । ती व्यक्तिहरुमा सात सर्वासाधारण ८ सैनिक रहेका थिए ।

रासस÷सिन्हवा

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।