जम्मू-कश्मीर मामिलामा पाकिस्तानद्धारा राष्ट्रसंघलाई दोस्रो पत्र

गम्भीर मानवअधिकार उल्लंघन भएको जानकारी



काठमाडौं । पाकिस्तानले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदलाई फेरि एक पत्र मार्फत भारत प्रशासित जम्मू कश्मीरमा गम्भीर मानवअधिकार उल्लंघन भएको जनाएको छ ।

विदेशमन्त्री शाह महमूद कुरैशीले पत्र लेख्दै जम्मू कश्मीरको हालत लगातार बिग्रिँदै गएको र मानवअधिकार संकटमा परेको बताएका हुन् ।

पाकिस्तानका मानवअधिकार मन्त्री शिरिन मजारीले ट्वीट मार्फत संयुक्त राष्ट्रसंघलाई पत्र लेखिएको पुष्टि भएको छ ।

पत्रमा कश्मीरमा तीन सातादेखि जारी लकडाउन तत्काल हटाउनुपर्नेमा जोड दिइएको छ ।

भारत र पाकिस्तानमा संयुक्त राष्ट्रसंघ सैन्य अनुगमन टोलीको संख्या दोब्बर बनाउन तथा अनुगमन टोलीलाई एलओसी पार गर्ने अनुमतिका लागि भारतलाई मनाउन पत्रमा सुझावसमेत दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्