दाङमा यात्रुवाहक बस दुर्घटना, २२ जना घाइते (नामावलीसहित)


काठमाडौँ।

दाङको लमही नगरपालिका–९ स्थित शिवखोलानजिक पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।

बिहीबार बिहान करिब ८:३० बजे बुटवलबाट लुम्बिनी भ्रमण गरी कोहलपुर फर्कँदै गरेको भे १ ख ३१३० नम्बरको बस दुर्घटनामा परेको हो।

बसमा चालक र सहचालकसहित ५३ जना सवार रहेका थिए। दुर्घटनामा २२ जना घाइते भएका छन् भने अन्य ३१ जना यात्रुको अवस्था सामान्य रहेको छ। घाइते सबैलाई उपचारका लागि बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा लगिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते हुनेहरूको नामावली

१. बाँकेको बैजनाथ गाउँपालिका–५ निवासी २० वर्षीया पूर्णिमा थापा।

२. सोही स्थानकी २१ वर्षीया अनिषा सुनार।

३. बर्दियाको बाँसगढी नगरपालिका–३ निवासी १९ वर्षीय जीवन सुनार।

४. सोही स्थानका अन्दाजी २० वर्षीय सन्दीप सुनार।

५. सोही स्थानकी अन्दाजी १८ वर्षीया सन्ध्या सुनार।

६. सोही स्थानकी १८ वर्षीया निरुता सुनार।

७. सोही स्थानकी ११ वर्षीया प्रज्ञा सुनार।

८. सोही स्थानकी १६ वर्षीया आकृति सुनार।

९. सोही स्थानका १९ वर्षीय हरिकृष्ण नेपाली।

१०. सोही स्थानकी १६ वर्षीया मनिषा सुनार।

११. सोही स्थानकी १८ वर्षीया पूजा सुनार।

१२. सोही स्थानका दीपक सुनारकी १३ वर्षीया छोरी गुञ्जन सुनार।

१३. सोही स्थानकी १६ वर्षीया पुष्पा सुनार।

१४. सोही स्थानका २२ वर्षीय करण सुनार।

१५. सोही स्थानका १७ वर्षीय अर्जुन सुनार।

१६. सोही स्थानका १७ वर्षीय आदित्य थापा।

१७. सोही स्थानका १८ वर्षीय विश्वास सुनार।

१८. सोही स्थानकी १६ वर्षीया प्रिया सुनार।

१९. सोही स्थानका १६ वर्षीय वसन्त विक।

२०. सोही स्थानका १९ वर्षीय विश्वास सुनार।

२१. सोही स्थानका २१ वर्षीय हिमाल सुनार।

२२. सोही स्थानकी १७ वर्षीया आकृति विक।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका सबैको अवस्था सामान्य रहेको छ। सामान्य अवस्थामा रहेका ३१ जना यात्रुलाई अर्को गाडीको व्यवस्था गरी गन्तव्यतर्फ पठाइएको छ।

दुर्घटनापछि बस, चालक र सहचालकलाई नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।