काठमाडौं ।
वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली श्रमिकमाथि भएको ठगी प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौं जिल्ला अदालतबाट अर्यालविरुद्ध पक्राउ पुर्जी लिएको हो।
नेपाल र मलेसिया सरकारबीच भएको श्रम सम्झौताविपरीत श्रमिकबाट रकम संकलन गरी ठगी गरेको प्रकरणमा संलग्न रहेको आरोपमा अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।
यसै प्रकरणमा सीआईबीले बुधबार दुई पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरेको थियो।
पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादवसमेत छन्।
६० वर्षीय कुँवर अछामको चौरपाटी गाउँपालिका–४ का बासिन्दा हुन् भने ६१ वर्षीय यादव सर्लाहीको चक्रघट्टा गाउँपालिकास्थित बेल्हीका बासिन्दा हुन्।
मलेसिया जाने नेपाली श्रमिकबाट दुई देशबीच भएको सम्झौताविपरीत रकम असुली गरिएको आरोपमा सीआईबीले अनुसन्धान गरिरहेको छ।








तपाईंको विचार लेख्नुहोस्