बारमा आगलागि तेईस जनाको मृत्यु



मेक्सिको सिटी, (एजेन्सी)।  मेक्सिकोको एउटा बारमा भएको आगलागीमा कम्तिमा २३ जना मानिसको ज्यान गएको बुधबार प्रहरीले जनाएको छ। यो घटना लागूऔषध कारोवारसँग सम्बन्धित भएको बताइएको छ।

बन्दरगाह शहर भेराक्रुजको कोत्जाकोल्कोसस्थित क्यावाल्लो ब्लान्को (व्हाइट हर्स)मा मंगलबार राति आगो लाग्दा ८ जना महिला तथा १५ जना पुरुषको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ। टन्न मानिस भरिएको यस बारमा भएको दुर्घटनामा अन्य १३ जना गम्भीर घाइते भएका छन्।

मेक्सिकोका सञ्चार माध्यमले बारमा अन्धधुनध गोली चल्नुका साथै मोलतोभ कक्टेल छ्यापाछ्याप भएको प्रारम्भिक अनुसनधानबाट थाहा हुन आएको छ। आगलागी हुनासाथ बार बाहिर प्रहरी र एम्बुलेन्सको लस्कर लागेको थियो।

भेराक्रुजका गवर्नर कुइत्लाहुआक गार्सियाले प्रहरीले आक्रमणकारीको व्यापक खोजि गरिरहेको बताउनुका साथै तिनीहरूलाई कुनै पनि हालतमा संजाय हुने प्रतिबद्धता जाहेर गरेका छन्। आफन्तको खोजिमा थुप्रै व्यक्तिहरू बार सामु अन्यौल स्थितीमा उभिरहेका छन्।

यस घटना सम्बन्धमा आवश्यक अनुसन्धान सुरु भइसकेको छ। गत अप्रिलमा पनि नजिकको मिनातित्लान स्थित एटा बारमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा एक दर्जन मानिसको ज्यान गएको थियो।

मेक्सिकोको सबैभन्दा हिंसाग्रस्त क्षेत्रमध्ये एक भेराक्रुजमा लागूऔषधको कारोबारलाई लिएर बारम्बार हिंसात्मक घटना दोहरिरहने गरेको छ। यहीँको मार्ग हुँदै अमेरिका तर्फ लागूऔषध र मानव तस्कर हुने गरेको छ।

गतवर्ष आशंकित लागूऔषध तस्करको सकार भएको बताइएका कम्तिमा १ सय ६६ जना मानिसको खप्परसहितको एक सामहिक चिहान पेलापरेको थियो।

प्रतिक्रिया दिनुहोस्