अस्ट्रेलियाली लेखक जासुसीको आरोपमा चीनमा पक्राउ



बेइजिंग, (एजेन्सी)। चिनियाँ–अस्ट्रेलियाली लेखक याङ हेंगजुनलाई अन्ततः औपचारिक रुपमा जासुसीको अभियोगमा चीनमा गिरफ्तार गरिएको अस्ट्रेलियाले पुष्टि गरेको छ। उनलाई महिनौंदेखि प्रहरी हिरासतमा राखिएको थियो।

अस्टे«लियाली नागरिक यांगलाई गत जनवरीदेखि चीनको राजधानी बेइजिङमा कठिन परिस्थितिमा राखिएकोे विदेश मन्त्रालयले जनाएको छ।विदेशमन्त्री म्यारिस पायनेले उनको गिरफ्तारीलाई लिएर अस्टे«लिया निकै दुखी र असन्तुष्ट रहेको बताएकी छिन्।

उनले भनेकी छिन्– ‘हामीलाई डाक्टर याङको सुुस्वास्थ, उनको अवस्था र उनलाई कुन हालतमा राखिएको भन्नेबारे निकै चिन्ता लागेको छ।’ याङका समर्थकहरूले २३ अगस्टमा उनको औपचारिक गिरफ्तारी अपेक्षित भए पनि उनलाई अब के हुने हो भन्ने सोचनिय विषय भएको बीबीसीलाई बताएका छन्।

उनलाई बिना कुनै अभियोग सात महिनाभन्दा लामो समयसम्म हिरासतममा राखिँदा क्यानवेर्राले पटक–पटक उनको रिहाइका लागि बेइजिङमाथि दबाब दिएको थियो।
दि गार्जियन अखबारलाई अन्तर्वार्ता दिने क्रममा पायनेले उनीमाथि लगाइएको जासुसीको अभियोग अस्वीकार गरेकी छिन्।

उनले अस्ट्रेलियाली सरकारका लागि याङले जासुसी गरेको आरोप लगाउने कुनै आधार नै नभएको बताएकी छिन्। यसअघि उनले याङलाई हिरासतमा लिइनुको कारण नखुलेको जानकारी दिएकी थिइन्।

उनले यदि याङलाई कुनै राजनीतिक पूर्वाग्रह राखेर पक्राउ गरिएको भए रिहा गरिनुपर्ने पनि जनाएकी छिन्। यता चीनको विदेश मन्त्रालयले अस्ट्रेलियालाई अनावश्यक हस्तक्षेप नगर्न आग्रह गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्