ट्रम्पले मेरो चउर बिगारी दिए:महारानी



लन्डन, (एजेन्सी)ं।यस ग्रीष्ममा बेलायतको भ्रमण गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकभन्दा धेरै गल्ती गरेको र उनको भ्रमणलाई लिएर महारानी आफैं खुसी हुन नसकेको तथ्य बाहिर आएको छ।

उक्त भ्रमणको बेला ट्रम्पले बकिंगम प्यालेस जाने क्रममा एकैदिन दुईपटक हेलिकोप्टर उडान भरेका थिए। यस उडानका क्रममा दरबारको मुख्य चउरको घाँसमा क्षति पुगेको थियो। ट्रम्पले उडान भरेको अर्को दिन महारानीले अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनसँग यस विषयमा दुखेसो पोखेको टाइम्सले जनाएको छ।

विमानबाट आर्लेर आफूलाई भेट्न सिधै दरबार आइपुगेका मोरिसनलाई बगैंचातर्फ लग्दै महारानीले भनिन्– ‘आउनुस्, मेरो चउर हेर्नुस्। यसलाई बिगारिदियो। ‘मोरिसन निकटका एक सूत्रले टाइम्सलाई बताए।

उक्त घाँसे मैदान बकिंगम प्यालेसको मुख्य चउर हुनुले मात्र महत्व राखेको होइन, यहाँ महारानी आफ्नो वार्षिक बगैंचे पार्टीको आयोजना गर्छिन् र आफ्नो प्यारो कोर्गिससँग टहल्ने गर्छिन्। यात्राका क्रममा ट्रम्पले महारानी एलिजाबेथलाई दिनुपर्ने उपहार पनि बिर्सेका थिए।

उक्त यात्रा अगाडि ह्वाइट हाउसले भ्रमणको घोषणा गर्ने क्रममा महारानीलाई सम्बोधन गर्ने पदावलीमा पनि गल्ती गरेको थियो।

 

प्रतिक्रिया दिनुहोस्