हवाई कारबाहीमा ९ लडाकू मारिए



अफगानिस्तान । अफगानिस्तानको उत्तरी भागमा पर्ने बदाख्शान प्रान्तको करान वा मुन्जान जिल्लामा लुकेर बसेका तालिवान लडाकूविरुद्ध अफगान सेनाले सोमबार मध्य रातमा गरेको हवाई कारबाहीमा परी कम्तीमा नौ लडाकूको मृत्यु भएको छ ।

अफगान सेनाले मङ्गलबार प्रकाशन गरेको एक विज्ञप्तिमा उक्त जानकारी दिएका छन् । जारी विज्ञप्तिकाअनुसार सोमबार अबेर राति करान वा मुन्जान जिल्लाको सधै अशान्त भई रहने एज्काजार क्षेत्रमा तालिबान लडाकूलाई लक्षित सो कारबाही भएको थियो ।

यस कारबाहीमा परी नौ तालिबान लडाकूको मृत्यु हुनुको साथै अन्य दुई घाइते भएका थिए । यस कारबाहीको क्रममा लडाकू समूहले भण्डारण गरी राखेका गोलाबारुद्धलगायत अन्य हातहतियारहरु ध्वस्त भएका थिए ।
करान वा मुुन्जान जिल्लाको प्रमुख भागहरु नियन्त्रण गरिबसेका तालिबान लडाकू समूहले भने यस कारबाहीको बिषयमा कुनै टिप्पणी गरेका छैनन् ।
रासस /सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्