इन्डोनेसियाको राजधानी सारिने



जाकार्ता ,(एजेन्सी) ।इन्डोनेसियाको राजधानी बोर्नियो टापुको इस्ट कालीमान्टान प्रान्तमा सारिने राष्ट्रपति जोको विदोदोले सोमवार पत्रकारहरूलाई जानकारी दिएका छन्। एक करोड मानिस भन्दा बढिको वसोवास रहँद ैआएको वर्तमान राजधान िजाकार्ता हिलाम्य माटोमाथि अवस्थित छ।

प्रत्येक वर्ष जाकार्ताको केहि भाग पचिस सेन्टिमिटरले भासिँदै गइरहेको छ। यसको कूल भूभागको झण्डै पचार प्रतिशत अहिले समुद«ी सतह भन्दा तल परिसकेको छ। सारिन लागेको राजधानीको औपभचारिक नाम भने घोषित गरिएको छैन।

तर नयाँ शहर तुलनात्मक रुपमा अविकसित क्षेत्र मानिने कुताइ केर्तानेगारा र पेन्जाम पासर उतारा संगसंगै रहने अनुमान गरिएको छ।योजना मन्त्रीका अनुसार यस महत्वाकाँक्षी परियाजनाका लागि ३२ अर्व ७९ करोड अमेरिकी डलर लाग्नेछ।

जाकार्ताको सडक मर्मतमा मात्र वर्षेनी करिव ४ अर्व ५० करोड डलर खर्च हुँद ैआएको बताइएको छ।

 

प्रतिक्रिया दिनुहोस्