विमानसंग हेलिकोप्टर जुध्यो



वर्लिन,(एजेन्सी)। स्पेनी टापु माजोर्कामा आकासमै एउटा हेलिकोप्टर अर्को हलुका विमान आपसमा ठोकिँदा एउटा जर्मन परिवारका चार सदस्य लगायत कूल साातजना व्यक्तिको ज्यान गएको बताइएको छ।

पुर्वी तटिय अत्यन्त लोकप्रिय पर्यटकिय टापुको उत्तरमा पर्ने इन्का नजिकको खेतमा ति विमानका भग्नावशेष खसेको स्पेनी प्रहरीले जनाएको छ। जर्मन कम्पनी रोटोरफ्लगको स्वामित्वमा रहेको हेलिकोप्टरमा जर्मन दम्पती र तिनीहरूका दुईजना बालबालिका सवार रहेका थिए।

हेलिकोप्टरका पायलट इटालीयन भएको बताइएको छ। अल्ट्रलाइट विमानमा भ्यालेन्सिया निवासी एक स्पेनी पुरुष र उनका साथी सवार रहेका थिए। स्पेनका प्रधानमन्त्री पेद«ो सान्चेजले मृतक तिनका परिवार प्रति समवेदना र सान्त्वना प्रकट गरेका छन्।

स्थानिय अखवार डियारियो डि म्याल्लोर्काका अनुसार स्थानिय समय अनुसार आइतवार अपरान्ह करिव १ बजेर ३६ मिनेट जाँदा इन्का अस्पताल माथिको आकासमा ति विमान आपसमा जुधेका थिए।

दुर्घटनाकोबेला भिजिविलिटी राम्रै रहेको र दुर्घटनाको कारण स्पष्ट हुन नसकेको बताइएको छ। ठोकिना साथ दुवै विमानमा आगलागि भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। अल्ट्रालाइट विमानमा बढिमा दुइवटा मात्र सिट हुन्छन्।

दुर्घटनामा परेको बेल २०६ एल३ लन्ग रेन्जर हेलिकोप्टर पर्यटकहरूका लागि दृश्यावलोकनका लागि प्रयोग गरिने गरिएको छ।

प्रतिक्रिया दिनुहोस्