जापानी संसदमा दुई अशक्त सदस्यको प्रवेश



टोक्यो, (एजेन्सी)। जापानको इतिहासमै पहिलो पटक शारिरीक रुपमा अत्यन्तै अशक्त दुईजना विधायकले संसदमा स्थान पाएका छन्। गम्भी पक्षघातबाट पिडित यासुहिको फुनागो र आइको किमुरा आफ्ना शारिरीक गतिविधिका लागि पुर्णत स्याहार सुसार गर्नेहरू माथि निर्भर रहेका छन्।

गत महिना तिनीहरू संसदमा निर्वाचित हुनुलाई जापानमा शारिरीक रुपमा अशक्तहरूलाई पनि प्रतिनिधित्वको मौका तथा महत्व दिइएको अर्थमा हेरिएको छ। तिनीहरूलाई संसदमा प्रवेश गराउनका लागि संसदको माथिल्लो सभाले विशेष नियमको व्यवस्था गरेको थियो।

विहिवार नेसनल डायटमा मुख्य द्वार हुँदै विशेष मार्गबाट प्रवेश गर्दै तिनीहरूले स्थान ग्रहण गर्दा संसद तिनीहरूको स्वागतमा तालीले गुन्जायमान भएको थियो।एमियोट्रोफिक ल्याटरल क्लेरोसिस ( एएलएस ) अर्थात लोउ गेहरिग्स रोगबाट पिडित यासुहिको फुनागो कम्प्युटर प्रणाली वा सहयोगीहरूको माध्यमबाट विचार आदन प्रदान गर्ने गर्दछन्।

६१ वर्षिय उनलाई सन् २००० मा उनलाई स्नायु सम्बन्धी रोग लागेको खुलासा भएयता उनको झझनै हात खुटा चल्न छाडेका थिए। गत जुलाईमा आफनो चुनाव पछि फुनागोले भनेका थिए , ‘ म शारिरीक रुपमा अशक्त देखिन्छुं तर ममा अनयका तुलनामा बढि साहश छ। यो मेरा लागि जीवन र मरणको सवाल हो। ’

यसैगरी आइको किमुरालाई सेरेवरल पाल्सी रोग लागेको छ। उनको दाँया हात बाहेक घाँटी मुनिका सम्पूर्ण भाग पक्षघातबाट पिडित छ। उनी आठ महिनाको छँदाखेरी देखि अशक्ततताबाट पिडित भएकी हुन्। तर उनले आफ्ना ेअदम्य साहसको कारण समाजमा छुटै गरिमामय स्थान बनाएकी छिन्।

असभनेताबाट राजनेता बन्न पुगेका तारो यामामोतोले स्थापना गरेको रेइवा सिन्सेन्गुमी नामक सानो विपक्ष वामपन्थिी पार्टीबाट ति दुवैले संसदको सिटका लागि चुनाव जितेका हुन्।

यस पार्टीले संधै जापानको परम्परागत समाजबाट वेवास्ता गरिएका व्यत्तिहरूलाई विशेष स्थान दिने गरेको छ। यसपार्टीले अशक्त व्यक्तिहरू लगायत एकल महिला तथा पुरुष एवं पार्ट टाइम कामदारहरूलाई पनि आफ्नो उम्मदवार बनाएको थियो। रेइवा सिन्सेन्गुमीले चुनावमा दुईवट ैमात्र सिट जितेको थियो।

नेता यामामोतोले प्रत्यक्ष मतबाट चुनाव जितेका थिए। तर सिनेटको आंशिक समानपातिक प्रतिनिधित्व प्रणाली अनुसार फुनागो र किमुराको सिट सुरक्षित गरिएका ेहो। चुनाव परिणाम ार्वजनिक भए लगत्तै स्रसदको माथिल्लो सभाले तिनीहरूलाई संसदमा ल्याउन सक्ने खालका नयाँ नीति तर्जुमा गरेको थियो।

यद्यपि यिनीहरू दुवै संसदमा व्हिलचियर प्रयो गर्ने पहिला विधायक भने होइनन्। बरु तिनीहरू व्हिल चियरमा बस्ने अत्यन्तै नाजुक स्वास्थ भएका पहिला विधायक हुन्।

 

प्रतिक्रिया दिनुहोस्