बस दुर्घटना ७ मृत्यु, ११ घाइते



चीन । चीनको दक्षिण भागमा पर्ने ग्वानझाउ प्रान्तको एक राजमार्गमा बस पल्टिँदा ७ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी ११ जना घाइते भएका स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । स्थानीय समयानुसार सोमबार मध्यरातमा उक्त दुर्घटना भएको थियो ।

बसमा ४७ जना यात्रु थिए । ६ जनाको घटनास्थलमा नै मृत्युु भएको अन्य एक जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका अन्य ११ जनाको अवस्था सामान्य छ । दुर्घटना हुनुको कारण भने पत्ता लाग्न सकेको छैन । रासस

प्रतिक्रिया दिनुहोस्