बस र ट्रक एक आपसमा ठोक्किदाँ १७ को मृत्यु, २ घाइते


अबुजा । नाइजेरियाको क्वारा राज्यमा बिहीबार यात्रुबाहक बस र ट्रक जुध्दा १७ जना यात्रुको मृत्यु भएको छ । प्रहरीले व्यस्त जेब्बा–इलोरिन राष्ट्रिय राजमार्गमा दुई सवारी साधन एकापसमा जुधेको जनाएको छ । १८ सिटे बसका अरु दुई जना यात्रु गम्भीर घाइते भएका छन् ।

तिब्र गतिका कारण राजमार्गको घुमाउरो मोडमा दुबै सवारी साधन जुधेको प्रहरीको भनाई छ । नाइजेरियामा सवारी दुर्घटनाका घटना बारम्बार हुने गरेका छन् । नाइजेरियामा सडकको अवस्था कमजोर रहनुका साथै ट्राफिक नियमको उल्लंघन व्यापक हुने गरेको छ । सिन्ह्वा

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।