इमरानद्वारा पाक सेनाध्यक्षको कार्यकाल ३ वर्षका लागि थप



इस्लामावाद ,(एजेन्सी)।पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सेना प्रमुख जनरल कमर जावेद वाजवाको कार्यकाल तीन वर्षका लागि थप गरेका छन्।

भारत अधिनस्थ काश्मिरको विशेष राज्य दर्जा हटाउने गरी उक्त राज्यको पुनर्गठनपछि भारत–पाकबीच तनाव बढिरहेको बेला पाकिस्तानी सेना प्रमुख कार्यकाल लम्ब्याउने उक्त फैसला बाहिरआएको हो।

जनरल वाजवाको कार्यकाल बढाउने फैसला क्षेत्रमा सुरक्षास्थितिलाई ध्यानमा राखी लिइएको प्रधानमन्त्री कार्यालयबाट जारी एक बयानमा उल्लेख गरिएको छ।

जनरल कमर वाजेद वाजवाले सन् २०१६ नोभेम्बरमा सेनाको कमान सम्हालेका थिए। उनलाई तात्कालीन प्रधानमन्त्री नवाज सरिफले सेनाको नेतृत्व गर्न उक्त पदमा नियक्त गरिएको थियो। सेनाको नेतृत्व जनरल राहील सरिफले जनरल वाजवालाई हस्तान्तरण गरिएको थियो।

जनरल वाजवा यसैवर्ष नोभेम्बरमा सेवानिवृत्त हुन गइरहको थियो तर सेवानिवृत्त हुनुभन्दा दुई महिना अगाडि उनको सेवा अवधि बढाइदिएको छ। प्रधानमन्त्री कार्यालयबाट जारी संक्षिप्त सूचनामा भनिएको छ– ‘जनरल कमर जावेद वाजवालाई ३ वर्षको अतिरिक्त कार्यकालका लागि सेनाध्यक्ष नियुक्त गरिएको छ। यो कार्यकाल वर्तमान कार्यकाल पूरा भएको तिथिबाट सुरु हुने छ।

उक्त सूचनामा प्रधानमन्त्री इमरान खानको हस्ताक्षरपछि जारिगरिएको हो। देशको मामिलामा सेनाको हस्तक्षेपका कारण सेना प्रमुखको नियुक्ती र सेवा विस्तार कुनै पनि प्रधानमन्त्रीको सबैभन्दा महत्वपुर्ण निर्णयमध्ये एक मानिन्छ।

यसले सरकार र सैन्य सम्बन्धलाई परिभाषित गर्छ। यसको प्रत्यक्ष असर देशको सरकार र उनको निर्णय लिने क्षमतामा पर्ने विज्ञले बताएका छन्।

जनरल ाजवा र इमरान खानबीचको केमिस्ट्री अदभूत भएको विश्लेषक बताउँछन्। लामो समयपछि पाकिस्तानको राजनिति र सैन्य नेतृत्व एक दिशामा देशको भविष्यका लागि सोचिरहेका देखिएको छ।

तर विपक्षीले इमरान खानले सेनाको मद्दतबाट सत्ता हासिल गरेको आरोप लगाएका छन्। इमरान खानको पार्टी पीटीआई ती आरोप अस्वीकार गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्