बिहारका पूर्व मुख्यमन्त्री जगन्नाथ मिश्राको निधन



न्युज अफ नेपाल, काठमाडौं ।
भारतको राज्य बिहारका पूर्व मुख्यमन्त्री जगन्नाथ मिश्राको निधन भएको छ ।

लामो समयदेखि बिरामी भएका उनको दिल्लीस्थीत एक अस्पतालमा निधन भएको भारतीय समाचारमाध्यले उल्लेख गरेका छन् ।

तिनपटक सम्म बिहारका मूख्यमन्त्री पदमा रहेर काम गरेका उनी चर्चीत राजनितिककर्मीको रुपमा परिचित छन् ।

राजनितिमा आउनुभन्दा अगाडी उनी कलेजका प्रोफेसर पनि थिए । उनले करिब ४० भन्दा धेरै रिसर्च पनि गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्