हवाई कारबाहीमा परी ७ को मृत्यु


घाज्नी, अफगानिस्तान । अफगानिस्तानको पूर्वी भागमा पर्ने घाज्नी प्रान्तमा भएको एक हवाई कारबाहीमा परी छ तालिबानी लडाकू मारिएका प्रान्तीय सरकारले शनिबार जानकारी दिएको छ ।

घाज्नी प्रान्तको दिह याक जिल्लाको हद्दा गाउँमा तालिबान लडाकू लुकेर बसेका स्थानलाई लक्ष्यगरी नेटोआवद्ध संयुक्त सेनाले हवाई कारबाही शुरु गरेको थिए । सोही कारबाहीमा छ तालिबान लडाकू मारिनुको साथै अन्य चार घाइते भएका प्रान्तीय सरकारले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

यस पहाडी प्रान्तमा लामो समययता सरकारी सुरक्षाबल र तालिबान लडाकू समूहबीच झडप जारी रहेको छ । सिन्ह्वा

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।