छ करोड डलर भन्दा बढिको लागुऔषध वरामद



सिडनी,(एजेन्सी)
लागु औषध कारोवार गरेको अभियोगमा चारजना वेलायती पुरुष लगायत छ जना व्यक्ति अष्ट्रेलियार न्युजिल्यान्डमा बुधवार पक्राउमा परेका छन् । प्रहरीका अनुसार तिनीहरुको साथबाट बरामद गरिएको लागु औषधको परिमाण हालसम्म सो क्षेत्रमा भेटिएको सबैभन्दा ठूलो भएको दावी गरेको छ ।

अष्ट्रेलियाली प्रहरीले वेलायत स्थित संगठित अपराधिका समुहका दिस्यहरुलाई नियन्त्रणमा लिइएको जनाएको छ । यस समुहले लामो समयदेखि शुद्ध मिथाएम्फेटामाइन र एमडिएमए पाउडरको करोवार गर्दै आएका ेबताइएको छ ।

प्रचलित अन्तर्राष्ट्रिय बजार मूल्य अनसार करिव ६ करोड १० लाख अमेरिकी डलर मूल्य पर्ने लागुऔषध क्विन्सल्यान्डबाट वरामद गरिएको हो । सो लागुऔषध करिव १ करोड २० लाख वटा एकसटासी क्याप्सुल बनाउन पुग्ने प्रहरीले जनाएको छ ।

अष्ट्रेलियको इतिहासमै यो तेस्रोपटक यति ठूलो परमाणमा लागुऔषध वरामद भएको प्रहरीको दाबी रहेको छ । प्रहरीले यस कारवाहीको दौरान ४० र ५१ वर्षीय दुईजना वेलायती पुरुष र अर्का २६ वर्षीय अष्ट्रेलियाली पुरुष र ५१ वर्षीय अष्ट्रेलियाली महिलालाई पक्राउ गरेको छ ।

गत साता मात्र प्रहरीले न्युजिल्यान्डको अकल्यान्डमा २ सय केजि मिथाएम्फेटामाइन सहित ४९ र ६० वर्षीय अन्य दुईजना वेलायती पुरुषलाई गिरफ्तार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्