दक्षिण अफगानिस्तानमा छ सुरक्षाकर्मीको मृत्यु


अफगानिस्तान । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको मिवान्द जिल्लामा बिहीबार राति भएको एक झपडमा छ सुरक्षा अधिकारीले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी प्रमुख हाजी लालाले शुक्रबार उक्त जानकारी दिनुभएको छ ।

मिवान्द जिल्लामा रहेको मिवान्द बजारमा अवस्थित एक प्रहरीचौकीमा तालिबान आतङ्ककारी समूहले गरेको आक्रमणपछि सुरक्षा अधिकारीहरु गरेको जवाफी कारवाहीमा छ सुरक्षाकर्मीको मृत्यु हुनुका साथै अन्य चार घाइते भएका लालाले बताउनुभएको छ ।

यस झपडको क्रममा तालिबान लडाकू समूहको सदस्यहरु पनि हताहत भएका छन् तर यसको यकिन सङ्ख्या भने प्राप्त भएको छैन । यस झडपको विषयमा अफगान सरकारसँग लडाइँ गरिरहेको तालिबान समूहले भने कुनै टिप्पणी गरेका छैनन् । रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।