सैन्य शासनविरुद्ध सुडानमा प्रदर्शन, ७ जनाको मृत्यु



एजेन्सी । सैन्य शासनविरुद्ध सुडानमा भएको प्रदर्शनले हिंसात्मक मोड लिँदा ७ जनाको मृत्यु भएको छ भने कम्तीमा १८१ जना घाइते भएका छन् ।

सुडानको सरकारी सञ्चार माध्यमका अनुसार आइतबार प्रदर्शनकारीहरु राष्ट्रपति निवासको निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि भएको झडपका क्रममा ७ जनाको मृत्यु भएको हो ।

प्रदर्शनको नेतृत्व गरेको विपक्षी दलले भने सरकारी भनाइको खण्डन गरेको छ । राष्ट्रपति ओमर अल बसिरविरुद्ध प्रदर्शन भएका थिए । बसिरविरुद्धको प्रदर्शनबाट हौसिएको सेनाले सन् १९८९ देखि अकण्टक सत्तामा हालीमुहाली गरेका उनलाई अपदस्थ गरेको थियो । र, उनकै सरकारका रक्षा मन्त्रीलाई सैन्य समितिको प्रमुख तोक्यो ।

यद्यपि, त्यसबाट पनि सुडानका नागरिक सन्तुष्ट हुन सकेका छैनन् । उनीहरु सत्ता नागरिकलाई हस्तान्तरण गर्नुपर्ने माग राखेर संघर्षमा उत्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस्