आधा हेरिटेज ग्लेसियर गायब हुने

0
Shares

जेनेभा
विश्व सम्पदा भित्र पर्ने हिमखण्डका विषयमामा अनुसन्धान गरिरहेको वैज्ञानिकहरुले सन् २१०० सम्ममा आधा हिमखन्ड पग्लेर गायब हुनेछ । विश्वको तापमान बृद्धीको यो गति बढिरहेमा यो स्थिति उत्पन्न हुने र पानीको संकत उत्पनन हुने जनाएको छ ।

आधा हेरिटेज ग्लेसियर पग्लेनुले समुद्रको जलस्तर बढ्ने र मौसम चक्रमा पनि परिवर्तन आउने सोधमा उल्लेख गरिएको छ । अध्ययनमा यस विपत्तीको चपेतामा हिमालयको खुम्बु हिमखण्ड पनि आउन सक्ने र अर्को सताब्दी सम्ममा गायब हुन सक्ने जनाइएको छ ।

यो अध्ययन इन्टरनेसनल युनियन फर कन्जरर्भेसन अफ नेचर अर्थात आईयुसीएनले गरेको हो । हेरिटेज ग्लेसियरलार्य लिएर यो विश्वकै पहिलो सोध मानिएको छ । अनुसन्धानमा संलग्न वैज्ञानिकहरुका अनुसार स्विजरल्यानडको चर्चित ग्रोसर एल्चेस्टर र ग्रिनल्यान्डको ज्याकबशावन आईब्रेस पनि खतराको दायरामा परेको छ ।

सोधपत्रमा यदि तापमान बृद्धीको यो दर जारी रहेमा सन् २१०० सम्ममा ४६ प्राकृतिक हिमखण्डमा २१ वटा नस्ट हुनेछ । ती सबैलाई हेरिटेज ग्लेसियर भन्ने गरिन्छ । यदि कार्बन उत्र्सजन कम भयो भने पनि ८ वटालाई बचाउन कठिन हुने अनुसन्धानमा उल्लेख गरिएको छ । सन् २०१७ मा ती हिमखण्डमा विद्यमान हिउँ मध्य ३३ देखि ६० प्रतिशत हिस्सा पग्लिसक्ने छ ।