प्योंगयांग (एजेन्सी)
अमेरिकी राष्ट्र्पति डोनाल्ड ट्र्म्पसँगको दोस्रो शिखर वार्ता दुई महिना नवित्दै उत्तर कोरियाले शनिबार छोटो दुरीको क्षेप्यास्त्र परीक्षण गरेको छ । दक्षिण कोरियाका सैन्य प्रमुखका तर्फबाट जारी गरेको एक विज्ञप्तीमा उत्तर कोरियाले दक्षिण पुर्वी वोनसानबाट पुर्वी क्षेत्र तर्फ स्थानिय समय ९ बजे क्षेप्यास्त्र प्रहार गरेको जनाइएको छ । यस परीक्षणले कोरियाली प्रायद्विपमा शान्ति बहाल गर्ने अमेरिकाको पहलमा धक्का लागेको मानिएको छ ।
कोरियाली समाचार एजेन्सी यौनहापले किम जोंग उनको यस क्षेप्यास्त्र परीक्षणलाई अमेरिकाले गम्भिरता पुर्वक लिएको उल्लेख गरेको छ । अमेरिका र दक्षिण कोरियाले यस घटनालाई संयुक्त रुपमा समिक्षा गरिरहेको जनाइएको छ ।
किमले केही दिन अगाडी रुसी राष्ट्र्पति भ्लादिमिर पुटिनसँग रुसमा शिखर वार्ता गरेका थिए । उक्त वार्तामा किमले रुसका तर्फबाट आर्थिक सयहोगको आश्वासन पाएका थिए ।
सन् २०१८ जुन १२ मा ट्र्म्पसँग सिंगापुरमा भएको पहिलो ऐतिहासिक शिखर वार्तापछि उत्तर कोरियाले कुनै ब्यालेस्टिक क्षेप्यास्त्र र परमाणु हतियारको परीक्षण गरेको थिएन । यसअघि किम जोंग उनले हाइड्रेजन सहित ६ परमाणु परीक्षण गरिसकेका थिए ।
त्यसपछि राष्ट्र्पति ट्र्म्प र किम जोंग उनबीच यसैबर्षको फेब्रुअरी २८ मा भियतनाममा भएको दोस्रो शिखर वार्ता बिना निष्कर्षमा टुंगिएको थियो । यद्यपी दुई देश बीच हतियार होड अन्त्य गर्ने विषयमा वार्ता जारी राख्न सहमत भएका छन् ।











प्रतिक्रिया