बेइजिंग (एजेन्सी)
चीनमा एक दिब्यांग छात्र हात र खुट्टाको मद्दतबाट हिँडिरहेको देखेपछि सांक्सी जिडियान युनिभर्सिटीका ३ छात्रले आर्टिफिसियल इन्टेलिजेन्समा आधारित ह्विलचेयर विकास गरेका छन् । यो दिवंगत वैज्ञानिक स्टिफन हकिंगको ह्विलचेयर जस्तो देखिन्छ । उक्त ह्विलचेयर आँखाको इसारामा चल्न दावी युनिभर्सिटीका वैज्ञानिकहरुले गरेका छन् ।
यो ह्विलचेयर त्यसता रोगीका लागि उपयोगी हुनेछ, जसको शरीरले पुर्ण रुपमा काम गर्न छोडेको होस् । यो ह्विलचेयर विशेष रुपमा एएलएस ( एमियोट्रेफिक लेटरल स्लेरोसिस) का रोगीका लागि बनाइएको हो । यस प्रकारको रोगबाट पिडित विरामीको शरीरले काम गर्न सक्दैन । यसबाट उनीहरुले धेरै नै राहत पाउने छ । यो ह्विलचेयर बनाउन उनीहरुलाई करिब ६ महिना लागेको छात्रहरुले बताए ।
कृतिम बुद्धिमत्ता एआईबाट सुसज्जित ह्विलचेयरमा अन्त्याधुनिक प्रविधिको प्रयोग गरिएको छ । यो इन्टरनेटबाट चल्छ । यसमा भएको प्रविधिले विरामीको आँखाको चाललाई पढ्छ र त्यसको इसारा अनुरुप आफै अगाडी बढ्छ । यसले रातमा पनि विरामीको आँखालाई डिटेक्ट गर्न सक्छ ।











प्रतिक्रिया