निर्वाचनको मुखैमा लोकसभा उमेद्वार पक्राउ


उडिसा । भारतमा विभिन्न चरणमा भइरहेको लोकसभा निर्वाचनमा उमेद्वार रहेका एक जना आकाङ्क्षीलाई प्रहरीले पक्राउ गरेको छ ।

विजु जनता दल (विजेडी) का तर्फबाट पिपिली निर्वाचन क्षेत्रमा उम्मेद्वारी दिनुभएका प्रदीप महारथीलाई प्रहरीले पक्राउ गरेको हो । निर्वाचनमा पैसा र बल प्रयोग गन खोजेको आरोपमा उहाँलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरी अधिकारीहरूले जनाएका छन् ।

उडिसा प्रदेशको २१ निर्वाचन क्षेत्रबाट निर्वाचित हुने १४७ सदस्यका लागि चार चरणमा मतदान हुन लागेको छ । यसअघि पहिलो चरणको मतदान यही अप्रिल ११ तारिखका दिन र दोस्रो चरणको मतदान अप्रिल १८ तारिखका दिन भएको थियो भने तेस्रो र चौथो चरणको मतदान यही अप्रिल २३ र २९ मा हुने भएको छ ।

भारतमा आउँदो मे १९ सम्ममा देशभरी नै मतदान सम्पन्न गरेर मे २३ मा नतिजा सार्वजनिक गर्ने निर्वाचन तालिका रहेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।