विदेश जाने ३८ प्रतिशतले घटे तर विप्रेषण आप्रवाह २३ प्रतिशतले बढ्यो



काठमाडौं, (नेस)
समीक्षा अवधिमा विप्रेषण आप्रवाह २३ दशमलव४ प्रतिशतले वृद्धि भई ५८२ अर्ब १९ करोड रुपिया“ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४ दशमलव ९ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ११ दशमलव ६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ९ दशमलव ५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आय २२ दशमलव ९ प्रतिशतले वृद्धि भई ६६२ अर्ब ७० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय शून्य दशमलव ७ प्रतिशतले घटेको थियो ।

अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नया“ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ३८ दशमलव ३ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५ दशमलव ४ प्रतिशतले घटेको थियो । साथै पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ४ दशमलव ६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १ दशमलव ३ प्रतिशतले घटेको थियो ।

प्रतिक्रिया दिनुहोस्