सानिमा बैंक र म्याक्स हेल्थकेयर इन्स्टिच्युटबीच सम्झौता



काठमाडौं, (नेस)
सानिमा बैंक र म्याक्स हेल्थकेयर इन्स्टिच्युटबीच स्वास्थ्य उपचार सुविधा सम्बन्धी सम्झौता भएको छ । यस सम्झौता पत्रमा सानिमा बैंकको तर्फबाट प्रमुख डिजिटल बैंकिङ विक्रम श्रेष्ठ र म्याक्स हेल्थकेयर इन्स्टिच्युटका तर्फबाट सेल्स तथा मार्केटिङका उप–प्रबन्धक, सुरज जोसेफले हस्ताक्षर गरेका हुन् ।
म्याक्स हेल्थकेयर इन्स्टिच्युट भारतको दिल्लीमा अवस्थित स्वास्थ्य उपचार सम्बन्धी सेवा दिने चेन संस्था हो । हाल यस संस्थाको १४ वटा साझेदार अस्पताल छन् ।

उक्त सम्झौताअन्तर्गत सानिमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताले म्याक्स हेल्थकेयर इन्स्टिच्युटमा साझेदार रहेका उत्तर भारतका विभिन्न अस्पतालमा उपचारको क्रममा सहज रुपमा भुक्तानी गर्न सक्नुहुनेछ । साथै सानिमा बैंकको कार्ड प्रयोग गरी विभिन्न उपचार खर्च मा ५ प्रतिशतसम्म छुट पाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्