नेप्से २३ अंकले बढ्यो



काठमाडौं, (नेस)
नया“ वर्षपछिको दोस्रो दिनको कारोबारमा मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २३ दशमलव ३३ अंकले बढेर १२१२ दशमलव शून्य ५ अंकले बढेको छ ।

यसदिन १ सय ७० कम्पनीको २४ लाख ११ हजार ६५० कित्ता शेयर ७४ करोड २७ लाख १८ हजार रुपिया“मा कारोबार भएको छ । मंगलबार सबैभन्दा बढी कारोबर एनएमबि बैंकको ६ करोड ७० लाख रुपिया“ शेयर किनबेच भएको छ । साथै श्री इन्भेष्टमेन्ट फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी ६ दशमलव ६७ प्रतिशतले कमाएका छन् । मंगलबार कारोबारमा आएका १० वटै समूह बढेका छन् ।

समग्र परिसूचक बढेको दिन युनिभर्सल पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै ३ दशमलव २२ प्रतिशतले गुमाएका छन् । यस दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन सेन्सेटिभ परिसूचक पनि ५ दशमलव ४८ अंकले बढेर २ सय ६० दशलमव २४ को बिन्दुमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्