भारतमा दुई वरिष्ठ नेता प्रतिबन्धित


नयाँदिल्ली, (एजेन्सी)
भारतको निर्वाचन आयोगले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र दलित नेता मायावतीलाई चुनावी निर्देशिक उल्लंघन गरेको अभियोगमा केही समयका लागि चुनाव प्रचारप्रसारमा भाग लिन नपाउने गरी प्रतिबन्ध लगाएको छ। सत्तारूढ भारतीय जनता पार्टी (बीजेपी)का वरिष्ठ नेता आदित्यनाथमाथि स्थानीय समयअनुसार आज बिहान ६ बजेदेखि लागँ हुने गरी भाषण दिन, कुनै सार्वजनिक जमघट वा ¥यालीमा भाग लिन र सञ्चारमाध्यमसँग बोल्न नपाउने गरी प्रतिबन्ध लागाइएको छ।

यस्तै प्रतिबन्ध क्षेत्रीय बहुजन समाज पार्टी (बीएसपी)का अध्यक्ष मायावतीमाथि पनि लगाइएको छ। तर, मायावतीमाथि भने ४८ घन्टे प्रतिबन्ध मात्र तोकिएको छ। मुस्लिम समुदायलाई भाजपालाई मत नदिन र आफ्नो पार्टी र गठबन्धनलाई मत दिन आ≈वान गर्दै हिँडेकीले मायावतीमाथि यो बन्देज लगाइएको निर्वाचन आयोगले जनाएको छ।

त्यसै गरी आदित्यनाथले ११ अप्रिलमा समपन्न पहिलो चरणको चुनावका लागि आयोजना गरिएको ¥यालीमा मुस्लिम समुदायमाथि गालीगलौज गरेको आरोप लगाइएको हो।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।