नयाँ वर्षको पहिलो शेयर कारोबारमा सुधारको संकेत



नेपाल समाचारपत्र, काठमाडौं
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोमबार नया“ वर्षको पहिलो कारोबार हु“दा पु“जी बजारमा सकारात्मक प्रभाव देखिएको छ । यस दिन नेप्से परिसूचक ४ दशमलव ७ अंकले बढेकाले सकारात्मक प्रभाव परेको हो ।
यस दिन कुल १६५ कम्पनीको ९ लाख ६४ हजार ५९८ कित्ता शेयर ३० करोड ४५ लाख ७६ हजार ७८२ रुपिया“मा कारोबार भएको छ ।

कारोबार रकम भने अघिल्लो दिनको भन्दा न्यून हो । समग्र परिसूचकमा सुधार आएको यस दिन कारोबारमा आएका १० उपसमूहमध्ये चार उपसमूहमा शेयर घटेका छन् । घटेका उपसमूहमध्ये जलविद्युत् ५ दशमलव ३२, वित्त २ दशमलव शून्य १, अन्य ५ दशमलव २८ र जीवन बीमा ११ दशमलव २५ अंकले घटेको छ ।

यस्तै बढेका उपसमूहमा बैंकिङ ५ दशमलव ८९, होटल २२ दशमलव ४९, विकास बैंक ४ दशमलव १३, निर्जीवन बीमा ६ दशमलव ९५, उत्पादन १० दशमलव ३५, लघुवित्त ४२ दशमलव ४४ अंकले बढेको छ ।

यस दिन एभरेष्ट इन्स्योरेन्स कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै बढेको छ । यस कम्पनीका लगानीकर्ताले प्रतिशत ७ दशमलव ५६ प्रतिशतले कमाएका छन् । त्यसपछि साना किसान विकास बैंकका लगानीकर्ता ६ दशमलव ४५ प्रतिशत, डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ६ दशमलव २४ प्रतिशत, निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ६ दशमलव शून्य ४ प्रतिशतले कमाएका छन् । तर, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै ६ दशमलव ८९, नाडेप लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ४ दशमलव ४४, विजय लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ४ दशमलव २१ प्रतिशतले गुमाएका छन् ।

नेप्सेमा सोमबार सबैभन्दा बढी नेको इस्योरेन्सको २ करोड ७५ लाख ५० हजार, कुमारी बैंक १ करोड ९७ लाख, एनआईसी एसिया बैंकको १ करोड ८३ लाख, एभरेष्ट इन्स्योरेन्सको १ करोड रुपिया“को कारोबार भएको छ ।
यस दिन ‘क’ वर्गका कम्पनीको शेयर कारोबार मापन गर्ने सन्सेटिभ परिसूचक १ दशमलव १३ विन्दुले बढेर २५४ दशमलव ७७ विन्दुमा पुगेको छ ।
सोमबारदेखि एकपटकमा पा“च लाख रुपिया“भन्दा बढीको शेयर कारोबार हु“दा स्थायी लेखा नम्बर (प्यान) लागू गरिएको छ । सोमबार ५६ वटा कारोबारमा लगानीकर्ताले प्यान नम्बर राखेका छन् । हालसम्म १४ हजारभन्दा बढी लगानीकर्ताले प्यान नम्बर लिएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्