एनआईबीएलएस क्यापिटलको निःशुल्क डिम्याट खाता



काठमाडौं, (नेस)
एनआईबीएलएस क्यापिटलले सरकारको ‘एक नेपाली, एक डिम्याट खाता’ अभियानलाई सार्थक बनाउन वैशाख १ गतेदेखि सीमित अवधिका लागि निःशुल्क डिम्याट खाता खोल्ने सुविधा प्रदान गर्ने भएको छ ।

एनआईबीएलएस क्यापिटल नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामितवमा रहेको नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सहायक कम्पनी हो ।

यस अभियानबाट पु“जी बजारभन्दा बाहिर रहेका गृहणी महिला, विद्यार्थी तथा नया“ लगानीकर्तालाई फाइदा पुग्ने र सर्वसाधारणमा डिम्याट खाताको पहु“ंच वुद्धि हुने विश्वाससमेत कम्पनीको रहेको छ । यो सुविधा एनआईबीएलएस क्यापिटलको मुख्य कार्यालय लाजिम्पाटलगायत कम्पनीको लालदरबार, ललितपुर, पोखरा, वीरगन्ज, विराटनगर र बुटवलस्थित शाखा कार्यालय तथा नेपाल इन्भेष्टमेण्ट बैंकका सबै शाखा कार्यालयहरुबाट पनि प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

कम्पनीले निक्षेप सदस्यलगायत निष्काशन तथा बिक्री प्रबन्धक, धितोपत्रको प्रत्याभूति, लगानी व्यवस्थासम्बन्धी कार्यहरु लगायत विभिन्न बैंक÷वित्तीय संस्था, होटल, जलविद्युत्, लघुवित्त संस्था, जीवन तथा निर्जीवन बीमा कम्पनीहरु गरी जम्मा ४० कम्पनीका करिब १४ लाख शेयरधनीलाई शेयर रजिस्ट्रार सम्बन्धी सेवा पु¥याउ“दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्