सुडानमा पूर्वमन्त्रीहरु पक्राउ



एजेन्सी । सुडानमा पूर्व मन्त्रीहरु पक्राउ पर्न थालेका छन् ।

राष्ट्रपति ओमार बशीरलाई पदच्युत गरेर सत्ता हातमा लिएको सेनाले बशीर नेतृत्वको सरकारका मन्त्रीहरुलाई पनि पक्राउ गरेको तर उनीहरुको नाम भने नखुलाइएको बीबीसीले जनाएको छ ।

लेफ्टिनेन्ट जनरल अब्दुल रहमान बुर्हान नेतृत्वको सेनाले अर्को प्रधानमन्त्री बनाउने विषयमा सकारात्मक रहेको जनाएको छ । तर नागरिक शासन लागु नभएसम्म सडक प्रदर्शन नरोक्ने प्रदर्शनकारीले माग गर्दै आएका छन ।

गएको हप्ता झण्डै ३० बर्ष शासन चलाएका राष्ट्रपति बशीरलाई हटाएर सेना प्रमुख अबाद इफ औफले आफैलाई रक्षामन्त्री घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्