नरेन्द्र मोदी चढेको हेलिकोप्टरमा ‘रहस्यमयी कालो बाकस’ भेटिएपछि…



काठमाडौं । भारतमा अहिले आम निर्वाचनको लहर चलिरहेको छ । यो बिचमा नेताहरुको सुरक्षालाई लिएर अनेक प्रश्न आउँन थालेका छन् । केही दिन पहिले भारतीय कांग्रेस अध्यक्ष राहुल गान्धीको हत्या योजना निर्माण भएको हल्ला भएको थियो । यो बिचमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हेलिकोप्टरबाट एउटा संदिग्ध कालो बाकस निकालेर लैजाँदै गरेको दृश्य भाइरल भएको छ । यसलाई छानबीन गर्नुपर्ने भन्दै कांग्रेसले माग गरेको छ ।

कांग्रेसका अनुसार मोदीको कर्नाटकमा चित्रदुर्गको चुनावी यात्रामा यो बाकसलाई हेलिकोप्टरबाट उतारिएको हो । कांग्रेस प्रवक्ता आनन्द शर्माले प्रधानमन्त्रीलाई यसबारे स्पष्टिकरण दिन अनुरोध गर्नुभएको छ । आनन्द शर्माले चुनावी आयोगको बाकसका सामग्री अनुसन्धान गर्नुपर्ने बताउनु भएको छ । कांग्रेसको कर्नाटक इकाईले पहिले नै यसबारे निर्वाचन आयोगमा उजुरी दर्ता गरिसकेको शर्माले जानकारी दिनु भएको छ । मोदीले अप्रिल ९ मा कर्नाटकको चित्रदुर्गमा चुनावी र्यालीलाई सम्बोधन गर्नुभएको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्