नबिल बैंक र ह्याम्स अस्पतालबीच सम्झौता



काठमाडौं, (नेस)
ह्याम्स अस्पताल र नबिल बैंकबीच सहकार्य गर्ने विषयमा सम्झौता भएको छ । सम्झौताअनुसार अब नबिल बंैकका कर्मचारी र सेवाग्राहीले अस्पतालको सेवामा विशेष सहुलियत प्राप्त गर्ने भएका छन् । सम्झौतामा अस्पतालका तर्फबाट अध्यक्ष्य आर एस भण्डारी तथा नबिल बैंकका तर्फबाट रिटेल बिजनेस विभाग प्रमुख निरज शर्माले हस्ताक्षर गर्नु भएको थियो ।

सम्झौतासं“गै अब ह्याम्समा नबिल बैंकका सेवाग्राहीलाई विशेष सहुलियत प्राप्त हुनेछ भने यस बाहेक बैंकको स्वास्थ्य सचेतना कार्यक्रममा अस्पतालले सहकार्य गर्ने भएको छ । सुलभ खर्चमा उत्कृस्ट सेवा र सुविधा संचालन गर्ने अभियानको रुपमा अघि सारेको ह्याम्स नेपालको स्वास्थ्य क्षेत्रको सम्पूर्ण विकासका लागि आर्थिक, सामाजिक लगायतका संस्थाहरुसंगै सहकार्य गर्दै जाने योजना बनाएकोमा देशको ठुलो जनसंख्या समेटेको नबिल बैंकसंग अस्पतालले सहकार्य गरेको हो ।

नबिल बैंकले ७५ वटा शाखा, १२८ वटा एटीएम र १५ सयभन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथम सेवा प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्