साढे चार हजार सवारीमा मात्रै इम्बोस्ड नम्बर



नेपाल समाचारपत्र, काठमाडौं
यातायात विभागले गत चैत मसँन्तसम्ममा करिब १४ लाख सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्नेमा साढे ४ हजार सवारी साधनमा मात्र जडान भएको पाइएको छ ।

महालेखापरीक्षकले ५६औं वार्षिक प्रतिवेदनमा भनिएको छ–‘कार्य तालिकाअनुसार २०७५ चैतसम्म १३ लाख ७७ हजार ५०० सवारी साधनमा नम्बर प्लेट राख्नुपर्नेमा ४ हजार ४ सय ३ (शून्य दशमलव ३२ प्रतिशत) मात्र कार्य सम्पन्न गरेको छ।’

सरकारले २५ लाख सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान कार्य गर्न एक अन्तर्राष्ट्रिय सप्लायर्सस“ग अमेरिकी डलर ४ करोड ३७ लाख ८७ हजार ५ सय अर्थात (४ अर्ब ७८ करोड ७७ लाख रुपिया“ ) को सम्झौता गरेको थियो ।
नेपालको संविधानमा देवनागरी लिपिमा लेखिने नेपाली भाषा सरकारी कामकाजको भाषा हुने व्यवस्था भए पनि सवारीसाधनको इम्बोस्ड नम्बर प्लेटमा अक्षर र अंक अंग्रेजी भाषामा हुने गरी सम्झौता गरेको छ । इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा उल्लेख गर्ने विषय संवैधानिक व्यवस्था विपरीत भएकाले वितरण नगर्न सर्वोच्च अदालतबाट आदेश भई वितरण कार्य स्थगित रहेको प्रतिवेदनमा भनिएको ।

आपूर्तिकर्तास“ग भएको सम्झौतामा ५ वर्षमा २५ लाख सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट सप्लाई गरी पर्सनालाइज्ड गर्नुपर्ने र उक्त समयभित्र कार्य पूरा नभए पनि सम्झौता रकमको ९५ प्रतिशत रकम भुक्तानी गर्ने शर्त रहेको छ । यसबाट कार्यावधि सकिन लाग्दा समेत पर्सनालाइज्ड कार्य हुन नसकेकाले सम्झौताअनुसार ४ अर्ब ५४ करोड २ लाख अतिरिक्त दायित्व सिर्जना हुने स्थिति रहेकाले काम नभएको अवस्थामा उक्त रकम भुक्तानी नगर्ने व्यवस्था गर्नुपर्छ प्रतिवेदनमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्