गुट्खा उद्योगमा शिलबन्दी



वीरगन्ज, (नेस)
आन्तरिक राजस्व कार्यालयले वीरगन्जले जनकपुरमा रहेको कालिका गुट्खा उद्योगमा शिलबन्दी गरेको छ । प्रमुख राजस्व अनुसन्धान अधिकृत गोपीकृष्ण कोइरालाका अनुसार उक्त उद्योगमा उत्पादित९ बोरा गुट्खामा अन्तःशुल्कको स्टिकर नभेटिएपछि यो कारबाही गरिएको हो ।

कार्यालयको टोली, प्रहरी प्रशासनसमेतको उपस्थितिमा उद्योग परिसरमा पुगी उद्योग शिलबन्दी गरेको उहा“ले जानकारी दिनुभयो । कार्यालयले नक्कली बिल बिजक प्रकरणमा पनि आवश्यक छानबिन प्रक्रिया अघि बढाइरहेको कोइरालाले बताउनुभयो । छानबिनको प्रक्रिया लम्बिंदै गएको र यसको भित्री तहसम्म पुग्दा स्थिति विकराल रहेको उहा“को तर्क छ ।

कार्यालयले नियमित फ्रक्रियाअन्र्तगत बजार अनुगमनसमेत गरी रहेको कोइरालाले बताउनुभयो । तर, यस क्रममा कहिलेकाहीं“ बाधा विरोध आउने र कर्मचारीमाथि अनावश्यक लान्छनासमेत लगाइने गरिएको उहा“ले गुनासो गर्नुभयो । ‘वीरगन्जमै कतिपटक अनुगमनको क्रममा आफूहरूउपर मोबाइल र पैसा समेत मागेको आरोप लगाइयो,’ उहा“ले भन्नुभयो । कार्यालयले करेन्ट इयर अडिट तथा उजुरबाजुर परेमा अनुसन्धानात्मक परीक्षणको कामसमेत गर्दै आएको उहा“ले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्