विद्युत् प्राधिकरण लक्ष्यभन्दा करिब तेब्बर बढी नाफामा



File Photos: THT

नेपाल समाचारपत्र, काठमाडौं
नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७४÷७५ मा २ अर्ब ८४ करोड ८१ लाख रुपिया“ खुद नाफा कमाउन सफल भएको छ ।
महालेखापरीक्षक कार्यालयले शुक्रबार सार्वजनिक गरेको ५६औं वार्षिक प्रतिवेदनअनुसार प्राधिकरणको जगेडा तथा सञ्चित कोष २३ अर्ब ५९ करोड ७९ लाख रुपिया“ ऋणात्मक छ । आर्थिक वर्ष २०७२÷७३ मा जगेडा तथा सञ्चित कोष २६ अर्ब ३३ करोड ४८ लाख रुपिया“ ऋणात्मक थियो ।

गत वर्षको तुलनामा बिक्रीमा खुद नाफा र चालू सम्पत्तिमा दायित्व अनुपात बढेको तथा ऋणको अनुपात, कुल खर्चमा कर्मचारी खर्च अनुपात र वितरण नोक्सान घटेको छ । विगतको तुलनामा प्राधिकरणको वित्तीय अवस्था सुधारोन्मुख देखिएको महालेखाले उल्लेख गरेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत भदौमा आर्थिक वर्ष २०७४÷७५मा १ अर्ब १ करोड रुपिया“ खुद नाफा आर्जन हुने प्रक्षेपणसहितको वार्षिक प्रतिवेदन सार्वजनिक गर्नभएको थियो ।
महालेखा परीक्षक कार्यालयले गरेको अन्तिम लेखा परीक्षणमा प्राधिकरणको खुद नाफा २ अर्ब ८४ करोड ८१ लाख रुपिया“ देखिएको हो । २०७३ को भदौमा घिसिङ कार्यकारी निर्देशकमा नियुक्त हु“दा प्राधिकरण ८ अर्ब ८९ करोड खुद नोक्सानीमा थियो ।

विद्युत् चुहावट नियन्त्रण, प्रशासनिक र वित्तीय सुधारका लागि चालिएका कदमबाट आर्थिक वर्ष २०७३÷७४ मा प्राधिकरणले १ अर्ब ४६ करोड ७३ लाख रुपिया“ खुद संस्थालाई नाफा कमाएको थियो । आर्थिक वर्ष २०७४÷७५मा नाफा बढेर झण्डै ३ अर्ब पुगेको छ ।

विद्युत् चुहावट नियन्त्रणमा हासिल भएको सफलता, भारतबाट आयात र निजी क्षेत्रका उत्पादकहरुस“गको विद्युतको औसत खरिद दरमा आएको कमी, मर्मत सम्भार तथा प्रशासनिक खर्चमा गरिएको नियन्त्रण, लोडसेडिङ अन्त्य, वित्तीय पुर्नसंरचनाको प्रभावकारी कार्यान्वयलगायतबाट प्राधिकरण खुद नाफामा जान सफल भएको हो ।

प्राधिकरणको शेयर पु“जी १ खर्ब २ अर्ब ४४ करोड, दीर्घकालीन दायित्व १ खर्ब २० अर्ब ९५ करोड ४३ लाख र चालू दायित्व ८४ अर्ब ७७ करोड ८० लाखसमेत कुल पु“जी तथा दायित्व २ खर्ब ८४ अर्ब ५७ करोड २१ लाख रुपिया“ रहेको छ ।

अचल सम्पत्तितर्पm स्थिर सम्पत्ति १ खर्ब १२ अर्ब ९८ करोड, निर्माणाधीन सम्पत्ति ७७ अर्ब ६१ करोड तथा लगानी २९ अर्ब ९४ करोड समेत २ खर्ब २० अर्ब ५३ करोड ३० लाख र चालू सम्पत्ति ६४ अर्ब ३ करोड ८९ लाख रुपिया“ रहेको छ । गत वर्ष १ अर्ब ४६ करोड ७३ लाख रहेकोमा यस वर्ष २ अर्ब ८४ करोड ८१ लाख रुपिया“ रहेको छ ।

त्यस्तै गत आर्थिक वर्षमा विद्युत् चुहावट २० दशमलव ४५ मा झरेको छ । उत्पादन, प्रसारण तथा वितरण चरणमा विद्युत् चुहावट २०७३÷७४ को वर्षको तुलनामा २ दशमलव ४५ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष २२ दशमलव ९० प्रतिशत विद्युत् चुहावट थियो । प्राधिकरणले चालू आर्थिक वर्ष २०७५÷७६ को पहिलो ५ महिनामा विद्युत् चुहावट १५ दशमलव ४५ प्रतिशतमा झारेको छ ।

चालू आवमा विद्युत् चुहावट १८.५ प्रतिशतमा झार्ने लक्ष्य राखिएको छ । आव २०७३÷७४ मा प्रसारण नोक्सान ५ प्रतिशत रहेकोमा गत आवमा ५ दशमलव ६३ प्रतिशत पुगेको छ । आव २०७३÷७४मा १६ दशमलव ८२ प्रतिशत रहेको वितरण नोक्सान घटेर १४ दशमलव ८२ मा झरेको छ । प्रसारण नोक्सान गर्त वर्षको तुलनामा शून्य दशमलव ६३ प्रतिशतले बढेको छ भने वितरण नोक्सान गत वर्षको तुलनामा २ प्रतिशतले घटेको महालेखाले जनाएको छ ।

प्राधिकरणले चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण गर्ने,महशुल बक्यौता असुलीमा कडाई गर्ने, प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर, बितरण लाइन तथा सबस्टेसनको सुदृढीकरण लगायतका काम अभियानकै रुपमा चलाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्