ग्लोबल आइएमई बैंकको ‘सबै नेपालीको बचत खाता’, १०० रुपैयाँ बोनस पनि



काठमाडौं  । ग्लोबल आइएमई बैंकको ‘सबै नेपालीको बचत खाता’ संचालनमा आएको छ ।

नेपाल सरकारले नयाँ वर्ष २०७६ बैशाख १ गते देखि घोषणा गर्न लागेको ‘समृद्धसँग जोडौं नाता, सबै नेपालीको बैंक खाता’ अभियान अन्र्तगत ‘सबै नेपालीको बचत खाता’ शिर्षकको नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ ।

नेपाल सरकारले शुरु गर्न लागेको अभियानलाई सघाउने उद्देश्यले बैंक खाता नहुने नेपाली नागरिकहरुलाई लक्षित गरि ग्लोबल आइएमई बैंकले नयाँ बचत खाता शुरु गरेको हो । आगामी बैशाख १ गतेदेखि खोल्न सकिने यो बचत खाता अन्र्तगत खाता खोल्ने ग्राहकहरुलाई बैंकले १०० बोनस स्वरुप खातामा जम्मा गरिदिनेछ ।

उक्त खाता ग्लोबल आइएमई बैंकका सबै १३६ शाखा तथा ९ वटा एक्सटेन्सन काउण्टर मार्फत खाता खोल्न सकिनेछ ।

नागरिकता, राहदानी, फोटो सहितको मतादाता परिचयपत्र, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतीपत्र अथवा कुनै पनि सरकारी निकायले जारी गरेको फोटो सहितको ग्राहकको परिचय खुल्ने कागजातको आधारमा खाता खोल्न सकिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्