महालक्ष्मी लाइफ इन्स्योरेन्सको बिमा सेवा अव सिटिजन्स बैंकबाट पनि



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बीच बिमा सेवा सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात सिटिजन्स बैंकका ग्राहकहरुले बैंकको कुनैपनि शाखाबाट महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बिमा गर्न, सोको प्रिमियम रकम बुझाउन, बिमा लेख लिन, दावी भुक्तानी लगायत सम्पूर्ण बिमा सम्बन्धी सेवाहरु लिन सक्नेछन् ।

यसबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै छिटो, छरितो र सहज रुपमा जीवन बीमा सम्बन्धी सेवाहरु प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्