एनआईसी एशिया क्यापिटलको ‘एक नेपाली, एक डिम्याट खाता’ अभियान शुरु



काठमाडौंं । एनआईसी एशिया क्यापिटलले नयाँ वर्ष २०७६ लाई ‘एक नेपाली, एक डिम्याट खाता’ अभियानको वर्षको रुपमा सञ्चालन गर्ने भएको छ ।

व्यक्तिको सवल आर्थिक भविष्यको लागि लगानीको महत्व साथै डिम्याट खाताको अपरिहार्यतालाई मध्यनजर राख्दै वर्ष २०७६ मा ‘एक नेपाली, एक डिम्याट खाता’ अभियानको थालनी गरेको हो । एनआईसी एशिया क्यापिटलले आम जनतामाझ डिम्याट खाताको पहुँच बढाउन देशव्यापी रुपमा विभिन्न कार्यक्रम सञ्चालन गरी ‘एक नेपाली, एक डिम्याट खाता’ अभियान शुरु गरेको जनाएको छ ।

एनआईसी एशिया क्यापिटल लिमिटेडले सोहि अभियानलाई थप टेवा पुर्‍याउन २०७६ असार मसान्तसम्म डिम्याट खाता खोल्दा लाग्ने शुल्क छुट गरिएकोे छ । सो अभियानले विशेषतः महिला, बिद्यार्थी तथा नयाँ लगानीकर्ताहरुलाई लगानीका नयाँ अवसरबाट फाईदा लिन सघाउ पुर्‍याउने विश्वास लिईएको छ ।

एनआईसी एशिया क्यापिटल लिमिटेडले आफ्नो स्थापनाकालदेखि नै गुणस्तरीय मर्चेण्ट बैकिंङ्ग सेवा प्रदान गर्नुका साथै लगानी व्यवस्थापन सेवालाई आकर्षक तथा नविनतम सेवाको रुपमा स्थापना गर्ने कार्य गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्