अमेरिका–चीन व्यापार युद्ध



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग व्यापार युद्धको बीउ सन् २०१८ जनवरी २२ मै रोपेका थिए । अमेरिका र अमेरिकी जनताको हित प्राथमिकतामा नारा बोकेका ट्रम्पले चीनसँगको विद्यमान व्यापार घाटालाई सहन सक्ने सम्भव नै थिएन । युरोप तथा एसियाका नेताहरूको आग्रहका बाबजुद ट्रम्प यस युद्धमा होसिसकेका छन् । यो उनको सन् २०१६ राष्ट्रपति चुनावकै एक प्रमुख नारामध्यको एक थियो ।

शुरूमै राष्ट्रपतिले सबै विदेशी सोलार प्यानलमा ३० प्रतिशत शुल्क लगाएका थिए । सौर्य प्यानल उत्पादनमा विश्वमै अग्रणी रहेको चीनलाई लक्षित गरी ल्याएको यस नीतिको बेइजिङले कडा विरोध गरेको थियो । जनवरी २२ मै उनले वर्षभरि आयात हुने वासिङ मेसिनमध्ये पहिलो १२ लाख युनिटमा २० प्रतिशत भन्सार शुल्क लगाएका थिए ।

त्यसै गरी २०१८ को मार्च १ मा राष्ट्रपति ट्रम्पले विश्वव्यापी विरोधका बाबजुद स्टिलमा २५ प्रतिशत र अल्मुनियममा १० प्रतिशत अतिरिक्त शुल्क लगाए । यसले चीनलाई भन्दा क्यानडा र दक्षिण कोरियालाई प्रभावित पारेको थियो ।

२०१८ मार्च २२ मा ट्रम्पले ५० देखि ६० अर्ब डलर बराबरको चिनियाँ सामानमा अतिरिक्त कर लागँ गर्ने विषयमा अमेरिकी व्यापार प्रतिनिधिलाई अनुसन्धान गर्न आग्रह गरे । अमेरिकी बौद्धिक सम्पत्तिलगायत चीनसँग वर्षौंदेखिको पक्षपाती व्यापारका कारण अमेरिकी व्यापार कानुन १९७४ अन्तर्गत उक्त प्रस्तावित अतिरिक्त कर ल्याउन लागिएको उनले बताएका थिए ।

त्यसको जवाफमा चीनले अप्रिल २ मा अमेरिकाका १ सय २८ उत्पादनमा २५ प्रतिशत अतिरिक्त करको घोषणा ग¥यो । योसँग अमेरिका चीनबीचको औपचारिक व्यापार युद्ध शुरू भयो ।

जुन १५ मा ट्रम्पले चीनबाट निर्यात हुने थप ५० अर्ब डलरको सामानमा २५ प्रतिशत कर लगाउने घोषणा गरे । जुलाई ६ र त्यसपछिका दिनमा उक्त नयाँ अतिरिक्त कर लागँ भएको केही दिनमै ⋲वाइट हाउसले चीनमाथि थप दबाब दिन २ खर्ब डलर बराबरको चिनियाँ आयातमा १० प्रतिशत अतिरिक्त कर लगाउने घोषणा ग¥यो ।

अमेरिका र चीनबीचको यस व्यापार युद्धले यी दुईको अर्थव्यवस्थालाई मात्र होइन, अन्यत्र पनि ठँलो असर परेको छ । यसले उनीहरूका व्यापारिक साझेदार राष्ट्रहरूमा पनि लगानी र उपभोगमा कमी ल्याएको छ । युद्धको प्रारम्भसँगै यसको सहज अन्त्य असहज हुने अनुमान हुन थालेपछि विश्व बजारमा ठँलो गिरावट देखियो । गत वर्ष विश्वको कुल गार्हस्थ उत्पादन वृद्धिमा पनि कमी आएको छ ।
यसबीच अमेरिकी अतिरिक्त शुल्कका कारण आफ्नो वैधानिक व्यापारमा असर परेको गुनासो लिएर चीन विश्व व्यापार संस्थासमक्ष पुग्यो । तर अमेरिकाले आफ्नो नीति अमेरिका र अमेरिकी जनताको हितमा चालिएको कदम भएकाले त्यसमा विश्व व्यापार संस्थाको कुनै हस्तक्षेप हुन नसक्ने तर्क दियो ।

यस क्रममा व्यापार युद्ध थप चर्किने संकेत दिँदै अमेरिकाले २०१८ सेप्टेम्बर १७ मा थप २ खर्ब डलर बराबरको चिनियाँ सामानमा १० प्रतिशतको कर लगाउने घोषणा ग¥यो । सोही वर्षको अन्त्यसम्ममा २५ प्रतिशत पु¥याउने नीति अघि सार्दै चीनलाई थप दबाब दियो । यदि चीनले त्यसको बदलामा कदम चालेमा थप २ खर्ब ६७ अर्ब डलरको आयातमा कर लगाउन सक्ने चेतावनी दियो । चीनले त्यसको तत्काल जवाफमा ६० अर्ब डलरको अमेरिकी सामानको आयातमा १० प्रतिशतको कर लगायो । यतिबेलासम्म चीनले १ खर्ब १० अर्ब अमेरिकी सामान तथा अमेरिकी उत्पादनमा प्रतिबन्ध तथा कर लगाएको थियो ।

सन् २०१८ मा पछिल्लो प्रस्तावित कर वृद्धिको योजनालाई स्थगित गरियो । ⋲वाइट हाउसले संरचनागत परिवर्तनका लागि दुवै पक्षले तत्काल वार्ता अगाडि बढाउने नीति अगाडि सा¥यो । उसले प्रविधि हस्तान्तरणका लािग बाध्य पार्ने, बौद्धिक सम्पत्तिको सुरक्षा, निशुल्क भन्सारका अवरोध, साइबर निगरानी र साइबर चोरीका मुद्दामा विशेष सम्बोधन हुनुपर्ने कुरा उठायो ।

राष्ट्रपति ट्रम्पले नियुक्त गरेका व्यापार प्रतिनिधि रोबर्ट लाइटिजरले प्रमुख वार्ताकारका रूपमा ९० दिनको वार्ताको लागि पहल गरे । यसैबीच २०१८ डिसेम्बरको जी २० ब्युनस आयर्सको शिखर सम्मेलनमा डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिन पिङबीच प्रस्तावित कर वृद्धिलाई ९० दिनसम्म स्थगनमा राख्ने सहमति भयो ।

यसले दुई देशबीचको व्यापार युद्धले निकासा पाउने संकेत गरेको मात्र नभई विश्व अर्थतन्त्रलाई पनि सकारात्मक प्रभाव पा¥यो । यो ४ महिनाको अवधिमा अमेरिका र चीनका व्यापारिक प्रतिनिधिहरूबीच बेइजिङ र वासिङ्टनमा गरी विभिन्न चरणका सघन वार्ताहरू भए ।

चीन र अमेरिका विश्वका दुई शक्तिशाली देश हुन्। उनीहरूले एकअर्कासँग बराबरी र सम्मानपँर्वक व्यवहार गर्नुपर्ने बेइजिङले दोहो¥याइर⋲यो । यस युद्धमा कुनै पनि मँल्य चुकाउन चीन तयार रहेको चेतावनी पनि दिएको थियो । वाणिज्य मन्त्रालयका प्रवक्ता गाओ फेङले भनेका थिए– ‘हामी झगडा गर्ने सोचमा छैनौं, तर हामी व्यापार युद्धसँग डराउँदैनौं ।’ यदि अमेरिका चीन र अन्तर्राष्ट्रिय विरोधलाई बेवास्ता गर्छ र आफ्नो एकतर्फी संरक्षणवादी कदममा अडिग रहन्छ भने चीन पनि यसका लागि कुनै पनि मँल्य चुकाउनका लागि तयार रहेको उनले बताएका थिए ।

वार्ताका मुद्दा के–के हुन् ?

अमेरिकाले चीनमाथि अमेरिकी कम्पनीहरूको बौद्धिक सम्पत्ति चोरी गरेको आरोप लगाउँदै उनीहरूमाथि प्रविधि हस्तान्तरण गर्न दबाब दिइरहेको मुद्दालाई सशक्त ढंगले उठाइरहेको छ । अमेरिकाले चीन आफ्नो आर्थिक नीतिमा परिवर्तन गर्नुपर्छ भन्ने चाहेको छ । चीनद्वारा सहुलियत तथा अन्य समर्थनका माध्यमबाट गलत तरिकाले घरेलु कम्पनीहरूलाई पोषण गरिरहेको अमेरिकाको भनाइ रहेको छ ।
चीनले अधिकभन्दा अधिक अमेरिकी उत्पादन खरिद गरी उसको व्यापार घाटा कम गर्नुपर्छ भन्ने पनि अमेरिकाले चाहेको छ । तर चीनले अमेरिकामाथि अहिलेसम्मकै सबैभन्दा ठँलो व्यापार युद्ध शुरू गरेको आरोप लगाएको र अर्थव्यवस्थामा व्यापक संरचनात्मक परिवर्तन गर्ने उसको कुनै मनसाय नभएको संकेत दिइरहेको छ ।

यदि दुई देशबीच कुनै सम्झौता हुन सकेन भने अमेरिकाले चीनबाट आउने २ खर्ब डलरको उत्पादनमा १० प्रतिशत लाग्दै आएको भन्सार शुल्कलाई दुई गुणासम्म वृद्धि गर्न सक्छ र अन्य कैयौं उत्पादनमा नयाँ अतिरिक्त कर लगाउनेछ ।

ट्रम्पले यसअघि पनि अमेरिका आयात हुने सबै चिनियाँ उत्पादनमा अतिरिक्त कर लगाउने धम्की दिएका थिए । अहिलेसम्म चीनबाट भित्रिने २ खर्ब ५० अर्ब डलर मँल्यको उत्पादनमा अमेरिकाले शुल्क लगाइसकेको छ । चीनले पनि जवाफी कारबाहीअन्तर्गत अमेरिकाबाट आयात हुने १ खर्ब १० अर्ब डलरको सामानमा अतिरिक्त शुल्क लगाएको छ ।

यो नोक्सानदायी व्यापार युद्धले नरोकिएको अवस्थामा सम्बन्धित देशमा मात्र नभई विश्व व्यापार र विश्वको अर्थव्यवस्थालाई नै भयंकर असर पार्ने पँर्ण सम्भावनाका बारेमा अर्थविद्हरूले आकलन गरिरहेका छन् ।

युद्ध अन्त्यको संकेत

अमेरिका र चीनबीच सन् २०१८ मा शुरू भएको व्यापार युद्ध अन्त्य हुने संकेत दुवै पक्षबाट आइरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको व्यापारमा रहेका केही अत्यन्त जटिल मुद्दामा अमेरिकाको सहमति रहेको बताए । दुई आर्थिक महाशक्ति आफँबीच विद्यमान व्यापार युद्ध रोक्न गत डिसेम्बरमा बनेको आपसी सहमति कार्यान्वयनमा ल्याउन वार्ता गरिरहेका छन् ।

यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले आगामी ४ हप्तामा यो सम्झौता हुन सक्ने तर केही बाधा अझै रहेको पनि बताए । चीनले पनि सकारात्मक प्रतिक्रिया दिएको छ । चीनका राष्ट्रपति सी जिन पिङले यस मुद्दामा ठोस प्रगति भइरहेको विषयमा चिनियाँ अधिकारीहरूसँग चर्चा गरेको चीनको समाचार एजेन्सी सिन्⋲वाले जनाएको थियो । विश्व अर्थव्यवस्थालाई प्रभावित गरिरहेको अमेरिका–चीन व्यापार युद्ध सल्टाउन दुई देशबीच डिसेम्बरदेखि कैयौं चरणमा वार्ता भइरहेका छन् ।

ट्रम्पले भने– ‘चीनसँगको अत्यन्त जटिल मुद्दामा हामीले केही मार्ग खोजेका छौं ।’ चीनका उपप्रधानमन्त्री लियु हिसँगको वार्ताअगाडि ट्रम्पले ⋲वाइट हाउसमा उक्त कुरा राखेका हुन् । यदि कुनै सम्झौता भयो भने आफँले चिनियाँ राष्ट्रपति सीसँग एक शिखर सम्मेलन पनि गर्ने अमेरिकी राष्ट्रपतिले बताए । उनले भने– ‘यो एक ऐतिहासिक सहमति हुनेछ, यदि भयो भने । यो सहमति हुन सक्ने सम्भावना धेरै छ ।’ विगत केही हप्तादेखि जुन मुद्दामा दुई देशबीच वार्ता भइरहेको हो त्यसमा एकअर्कालाई लगाएका व्यापार शुल्क यथासक्य चाँडै फिर्ता लिनु अहम् मानिएको छ, तर ट्रम्पले यसमा केहीलाई कायम राख्नुपर्ने सुझाव दिएका छन् । उनले भने– ‘यदि यो सम्झौता नहुने हो भने चीनसँग पहिलाको जस्तो व्यापार गर्न अमेरिकाका लागि कठिन हुनेछ ।’

विश्वका दुई सबैभन्दा ठँला अर्थव्यवस्थाले गत वर्ष एकअर्काविरुद्ध अर्बौं डरलको आयातमा अतिरिक्त शुल्क लगाएका थिए । डिसेम्बरमा दुवै देशले यस मुद्दा सल्टाउन वार्ता थालेका थिए र अहिले यसमा महŒवपँर्ण सहमति बन्ने सम्भावना देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्