सीजीको नयाँ सोरुम सञ्चालनमा



ललितपुर, (नेस)
सीजी मोटोकर्प, सुजुकी गाडीहरूको आधिकारिक बिक्रेताले हालै आफ्नो नयँँ सोरुमको स्थापना गरेको छ।
कम्पनीको आधिकारिक शोरुमका रूपमा स्थापित यस स्टेट अफ द आर्ट सोरूमको उद्घाटन सशांक श्रीवास्तव, कार्यकारी निर्देशक, मारुती सुजुकी इंडिया प्राइभेट लिमिटेड र अरूण चौधरी, सीजी होल्डिंग्सका अध्यक्ष तथा प्रबन्ध निर्देशकद्वारा गर्नुभएको थियो। उक्त समारोहमा सरकारी एवं गैरसरकारी प्रतिनिधि, पत्रकारका साथै स्थानीय व्यक्तित्वहरूको पनि सहभागीता रहेको थियो।

धोबीघाटमा स्थापित यस स्टेट अफ द आर्ट सोरूम सुजुकीको प्रमुख सोरुमका रूपमा स्थापना गरिएको छ। ‘वे अफ लाइफ’ लाई आधार बनाएर डिजाइन गरिएको सुजुकीको नयाँ सोरुमले ब्रान्डका अत्यावश्यक कारहरू जस्तै उत्पादन, डिजाइन र खरिददातालाई प्रोत्साहनजस्ता सामग्रीहरू समावेश गरेको छ। कम्पनीको आधिकारिक शोरुमका रूपमा स्थापित यस स्टेट अफ द आर्ट शोरूमले आफ्ना ग्राहकलाई गुणस्तरीय एवं आधिकारिक सेवा प्रदान गर्नेछ।

व्यापार युनिटका प्रमुख, सिरज पन्तका अनुसार– ‘ग्राहकहरू सोरुममा गाडी किन्नका लागि मात्र नभई उनीहरू एक उत्साह खोज्न आउँछन्, जुन अरू कहीं पनि पाउन सक्दैनन्। यस नयाँ सुजुकी सोरुम र यसको वातावरणले उनीहरूलाई त्यो उत्साह प्रदान गर्नेछ।सुजुकीले देशभर बिक्री, सेवा र जेन्युन स्पेयर पार्टको सबैभन्दा ठूलो सञ्जाल सञ्चालन गर्दछ। कम्पनीले ३३ सेल्स, ३६ सेवा सञ्जाल र थप २०० भन्दा बढी आउट लेटको दाबी गरेको छ।’

प्रतिक्रिया दिनुहोस्