काठमाडौँ ।
नेपालमा पश्चिमी वायु र ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले कोशी प्रदेशसहित गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागमा आंशिक बदली भएको छ भने तराई, उपत्यका तथा खोँचका अधिकांश स्थानमा तुवाँलो लागेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी र मधेस प्रदेशसहित बागमती र गण्डकीका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
त्यस्तै, आज राति र शुक्रबार दिउँसो कोशी तथा मधेस प्रदेशमा आंशिक बदली रहने र अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।








तपाईंको विचार लेख्नुहोस्