चुनाव आयोगद्वारा ‘पीएम नरेन्द्र मोदी‘ माथि रोक



नयाँदिल्ली (एजेन्सी)
भारतको चुनाव आयोगले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि बनेको चलचित्र ‘पीएम नरेन्द्र मोदी‘ र अन्य बायोपिक फिल्म रिलिजमाथि रोक लगाएको छ । चुनाव आयोगले ‘पीएम नरेन्द्र मोदी‘, ‘एनटीआर लक्ष्मी‘ र उद्ययमा सिम्हम‘ फिल्म विरुद्ध आएका उजुरीमाथि उक्त फैसला दिएको समाचार एजेन्सी एनएआईले जनाएको छ ।

ती फिल्मलाई लिएर चुनाव आयोगले भनेको छ– यसमा आदर्श आचार संहिता अनुरुप समान अवसरलाई प्रभावित पार्ने क्षमता छ र जब सम्म आदर्श आचार संहिता लागु छ, तब सम्म यसलाई इलेक्ट्रोनिक मिडिया वा सिनेमामा देखाउन पाउने छैन ।

रोक लगाइएको चलचित्र मध्यमा प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनमा आधारित फिल्म पीएम नरेन्द्र मोदी ब्यापक चर्चामा रहेको छ । विगत केही समयदेखी विवादको केन्द्रमा रहेको यस फिल्मको रिलिज तिथि भन्दा एक दिन अगाडी यसको प्रदर्शनमा रोक लगाएको हो । यो फिल्म अप्रिलमा ११ मा रिलिज हुन थियो ।

चुनाव आयोगका तर्फबाट लगाईएको यो रोक चुनाव समाप्त नभएसम्मका लागि जारी रहनेछ । उक्त फिल्म चुनावको बेला प्रधानमन्त्री मोदीको छवी चम्काउने मनसायले रिलिज हुन लागेको आरोप लागिरहेको थियो । तर फिल्मसँग सम्बन्धित पक्षले ती आरोपलाई गलत बताइरहेका छन् । निर्देशक उमंग कुमारको यो फिल्ममा अभिनेता विवेक ओबेराय प्रधानमन्त्री मोदीको भुमिकामा छन् ।

प्रतिक्रिया दिनुहोस्