फोटोग्राफी एण्ड मिडिया टेक्नोलोजी एक्स्पो आज



काठमाडौ(नेस)
नेपाल फोटो पत्रकार महासंघ र नेपाल मुद्रण उद्योगको आयोजनामा राजधानीको टुंडिखेल मैदानमा दोस्रो प्रिन्टिङ ,फोटोग्राफी एण्ड मिडिया टेक्नोलोजी एक्स्पो आज विहीबार शुरु हुने भएको छ ।

सो एक्स्पोको मुख्य उद्देश्य नेपालमा रहेका संचार माध्यम र संञ्चार क्षेत्रसँग सम्बन्धित प्रविधिहरुलाई प्रर्दशनीको माध्यमबाट एउटै छातामुनी अवलोकन गर्न सकिने बुधबार आयोजित पत्रकार भेटघाटमा बताइयो ।

नेपालमा नै पहिलो पटक नयाँ प्रविधियुक्त ह्याङगर भित्र अत्याधुनिक संञ्चार प्रविधिका साथै फोटोग्राफी र छापाखाना सम्बन्धित नयाँ प्रविधि बारे जानकारी गराउने उद्देश्यले हुन लागेको सो एक्स्पोमा १० भन्दा बढी मुलुकको सहभागीता रहने जानकारी नेपालफोटो पत्रकार माहासंघका केन्द्रिय महासचिव तथा एक्स्पो संयोजक हरि रेग्मीले जानकारी गराउनुभयो । सो एक्स्पो तीन दिनसम्म चल्ने छ ।

 

प्रतिक्रिया दिनुहोस्